अमेरिका २२ मार्च

नेपाल आईडल सिजन २ का उत्कृष्ट तीन प्रतियोगी अमेरिका आउने भएका छन् । आफ्नो प्रस्तुती लिएर नेपाल आइडल विजेता रवि ओड, फस्ट रनरअप विक्रम बराल र सेकेन्ड रनरअप सुमित पाठक अप्रिल र मे महिनाभरका लागि अमेरिका टुरमा आउने भएका हुन् ।

अमेरिकाका भिन्न भिन्न शहरमा प्रस्तुती दिने कार्यक्रम रहेको नेपाल आईडल टप ३ ले अमेरिकाका मुख्य १३ सहरमा सांगीतिक प्रस्तुति दिने छन् । जसमध्य अप्रिल १४ तारिखका दिन बाल्टिमोर, अप्रिल १९ का दिन नेब्रास्का, अप्रिल २१ बोस्टन लगायतका शहरमा प्रस्तुती दिईने बताईएको छ ।

यस अघि नेपाल आइडलका उत्कृष्ट प्रतियोगीले जापान, अष्ट्रेलीया र यूएईमा आफ्नो प्रस्तुती दिएका थिए ।

 

Comments

comments