एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनका दुई जना उमेद्वारले एकसाथ आफ्नो उमेद्वारी घोषणा गर्ने भएका छन् । आसन्न निर्वाचनमा उपाध्यक्ष पदका लागि बाला घिमिरे र बोर्ड अफ डाईरेक्टर पदका लागि आकांक्षी रहेका तिलक केसीले भोली संयुक्त पत्रकार सम्मेलन गरेर आफ्नो उमेद्वारी घोषणा गर्ने भएका हुन् ।

भोली अर्थात मार्च २४ तारिखका दिन सिकागोमा हुने यस पत्रकार सम्मेलनमा उमेद्वारद्वय घिमिरे र केसीले आ- आफ्ना प्रतिवद्धता सहित उमेद्वारीको औपचारिक घोषणा गर्ने छन् ।

उपाध्यक्ष पदका प्रत्यासी बाला घिमिरे सामाजिक अभियन्ता तथा ब्यवसायी पृष्ठभुमीका घिमिरे प्रवासी नेपाली मञ्चका पूर्व वरिष्ठ उपाध्यक्ष ब्यक्तीगत, सामाजिक तथा व्यवसयिक क्षेत्रमा नै सफल ब्यक्ती मानिन्छन् । सिकागो स्थित मेयर एडभाईसरस्का बोर्ड सदयस्य घिमिरे एनआरएन आइसीसीका विभिन्न टाक्स फोर्समा समेत काम गरिसकेका छन् ।

त्यस्तै बोर्ड अफ डिरेक्टर पदका प्रत्यासी तिलक केसी मेलवाकी नेपाली परिवारका र नेपाली बिद्यालयका संस्थापक हुन् भने एसोसिएसन अफ नेप्लिज मध्य पश्चिम अमेरिकाका बरिष्ठ उपाध्यक्ष, कम्युनिटी अर्गजाईजेसनमा बरिष्ठ सल्लाहाकार, विस्कान्सिन राज्यको पूर्व स्टेट को – अडिनेटर लगायतका क्षेत्रमा काम गरेका सक्रिय, अनुभवी र राम्रो समाजिक छवि भएका ब्यक्ती हुन् ।

 

Comments

comments