US Khabar
  • खजुराका १०६५ जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य जाँच र उपचार

    - us khabar | १ महिना पहिले प्रकाशित

    खजुराका १०६५ जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य जाँच र उपचार

    नेपालगन्ज, २८ चैत : बाँकेको खजुरा गाउँपालिकाले १०६५ जना जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य चेक जाँच तथा उपचार गरिएको छ । गाउँ पालिकाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराएको हो ।

    जेष्ठ नागरिकहरुलाई हरेक वर्ष वडामा पुगेरै शिविर सञ्चालन गर्ने गरेको पालिकाले यस पनि सेवा प्रदान गरेको हो ।

    जेष्ठ नागरिकका लागि विशेषज्ञ तथा ल्याव सहितको निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको खजुराले ५८४ महिला र ४८१ पुरुष जेष्ठ नागरिकहरुलाई शिविर मार्फत सेवा दिइएको स्वास्थ्य शाखा खजुराका प्रमुख सुदिप पौडेलले जानकारी दिए ।

    बरिष्ठ डा प्रकाश नाग, डा. पारस श्रेष्ठ, डा. शंकर केसी, डा. समीक्षा चन्द र डा. इरफान सेख सहितको टोलीले सेवा दिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए ।

    शिविरमा आउने प्रायलाई प्रेसर र सुगरको समस्या देखिएको थियो । ७० प्रतिशत लाई प्रेसर र सुगर, १० प्रतिशतलाई बाथ र जोर्नी, निन्द्रा नपर्ने खाना नरुच्ने, शरीर चिलाउने लगायतका समस्या देखिएको पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!