संसदको हिउँदे अधिवेशन आज सकिने, प्रधानमन्त्रीले सम्बोधन गर्ने

12

काठमाडौँ : संघीय संसदको हिउँदे अधिवेशन आइतबार अन्त्य हुने भएको छ। संसद सचिवालय स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।

संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ तर प्रधानमन्त्रीले सम्बोधन गर्ने समयको टुंगो भइसकेको छैन।

संसदको हिउँदे अधिवेशन पुस ११ गते सुरू भएको थियो। एक महिनापछि संसदको बर्खे अधिवेशन सुरू हुनेछ।

Comments

comments