पाल्पाको आईसोलेसनमा मंगलबार मृत्यु भएका रामबहादुर दिशा मगरको कोरोनाका कारण ज्यान गएको पुष्टी भएको छ । पाल्पाको युनाइटेड मिसन अस्पताल तानसेनको आइसोलेसनमा उपचाररत ४६ मगरको स्वाबको नतिजा पोजेटीभ आएसंगै उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टी भएको हो ।
मृत्यु हुनुभन्दा ५ दिनअघि भारतको मुम्बईबाट आएका पूर्वखोला गाउँपालिकाका उनि जल्पाको शम्भु मावीमा रहेको क्वारेन्टाइनमा बस्दै आएका थिए । पूर्वखोला गाउँपालिका १ सिलुवा घर भएका उनको मृत्यु क्वारेन्टाईनमा बसेको २ दिनमा नै भएको थियो ।
श्वासप्रश्वासम्बन्धी समस्या र लगातार सुख्खा खोकी लाग्न थालेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । जसमध्य अधिकांश भारतबाट आएकाहरु छन् ।
प्रतिक्रिया