अमेरिकामा रहेका नेपाली स्टोर मलको निर्बाध पहुँच, अर्डरर्ड र डेलिभरीका लागि मोबाइल एप सुरु भएको छ । अमेरिकामा रहेका नेपाली तथा नेपाली उत्पादन र वस्तहुरूमा रुचि राख्नेहरुका लागि उच्च गुणस्तरको विकल्पका रुपमा मल्को एप सुरु भएको हो ।
यस बिषयमा जारी विज्ञप्तीमा उल्लेख भए अनुसार दक्षिण एसियाका अन्य भागहरूको तुलनामा नेपाल, स्वदेशी, प्रामाणिक र फरक उत्पादन तथा खानाका लागि प्रमखु भूमिका खेल्न सक्ने यस एप मार्फत अमेरिकामा बसोबास गर्ने नेपाली र नेपाली उत्पादनहरूमा रुचि राख्ने अमेरिकाबासहरुले जुन सुकै भूभागबाट आफ्ना स्मार्टफोन मार्फत अर्डर गर्न सक्ने सुनिस्चित भएको छ ।
विश्व बजारमा अझै नेपाली उत्पादनको आपुर्तिको उचित उपयोग हुन नसकेको अवस्थामा चाहेर पनि अमेरिकासम्म ति उत्पादनले स्थान पाउन सकेका छैनन् । यस्तो अवस्थामा नेपाली उत्पादनहरू देशमा तथा छिमेकी देश सम्म मात्र पुग्ने गरेकोमा अव भने उत्पादनको पहुँच अमेरिका सम्म पुग्ने निस्चित भएको छ ।
उपयुक्त माध्यम नहुँदा संयुक्त राज्य अमेरिकाका मानिसहरूलाई नेपाली उत्पादनहरू किन्न गाह्रो भइरहेको पाइन्छ । जस कारण चाहेर पनि नेपाली उत्पादन उचित मुल्यमा प्राप्त गर्न कठिनाई भै रहेको अवस्थामा मल्को एप मार्फत अव भने नेपाली उत्पादनले अमेरिकी बजारमा प्रतिस्पर्धा गर्ने वाटो समेत बनेको छ ।
मल्को स्टोर एक नेपाली अनलाइन स्टोर हो जो टेक्सासको लुईसभिल म्युजिकल सिटी मलमा रहेको छ । विभिन्न प्रकारका नेपाली उत्पादनहरू रहेको स्टोरमा दैनि क तथा विशेष अवसरका लागि प्रयोग हुने उत्पादन पाईने गर्दछ ।
सन् २०२० मा कोरोना महामारी सुरु भए देखीनै सक्रिय रहेको मल्कोले आफ्नो वेबसाइट मार्फत ग्राहकहरूलाई उत्कृष्ट नेपाली उत्पादनहरू प्रदान गर्दै आएको छ । मल्कोमा नेपालका टप ब्रांड प्याकेज जस्तै नेपाली चाउचाउ, चिउरा, अचार, मरमसला, लगायत नेपाली भाडा, पूजा समाग्री, तथा सिजनेवल र ट्रेडिशनल नेपाली पोशाकहरु समेत उपलब्ध रहेको छ ।
स्टोरले आधिकारिक रुपमा यस एपको बारेमा जानकारी सहित घोषणा गरेको विज्ञप्तीमा यस एपबारे थप जानकारी दिएको छ । औपचारिक घोषणा संगै अव टेक्सासबासी नेपाली तथा अन्य क्षेत्रका नेपाली तथा गैर नेपाली ग्राहकलाई थप सहजता मिलेको छ ।
मल्कोका सीईओ प्रतीक सुवेदीका अनुसार व्यस्त अमेरिकी दैनिकीमा रहेका नेपालीले घरमा नै बसेर आफ्नो मोवाईल मार्फत नेपाली सामान अर्डर गर्न सक्ने भएसंगै अमेरिकामा रहेका नेपालीहरुले सर्व सुलभ रुपमा आवश्यक सामग्री खरिद गर्ने वातावरण सृजना भएको छ । साथै मल्को एक मात्र अनलाइन स्टोर हो जहाँ अमेरिकामा १२०० भन्दा बढी प्रामाणिक नेपाली उत्पादन र किराना सामानहरू उपलब्ध छ ।
जारी विज्ञप्तीमा उल्लेख भए अनुसार मल्को एप मार्फत ६९ $ भन्दा माथिका अर्डर गर्नेहरुले नि:शुल्क ढुवानी र डलिेलिभरीको सुविधाको व्यवस्था रहेको यस एप मार्फत सुरुवातमा नै करिव २ लाख अमेरिकी नेपालीहरूको लाभाम्वित हुने बताईएको छ ।
टेक्ससबाट सुरुवात गरिएको भएपनि यसका उत्पादन विश्व व्यापि बनाउने लक्ष्य राखिएको छ । नेपाली मौलिक खाद्ययन्न देखी धार्मिक पुजा पाठ सम्मका सामग्री पाईने एस एप मार्फत जन्म देखी मृत्यु संस्कार सम्मका आवश्यक सामग्री पनि उपलब्ध हुने बताईएको छ ।
प्रतिक्रिया