लामो समय देखी अमेरिकामा रहेर नेपाली पत्रकारिता र लेखनमा सक्रिय किशोर पन्थीको नयाँ पुस्तक शनिवार सार्वजनिक हुने भएको छ । अमेरिकी अध्यागमन लगायतका १ सय ११ वटा टिप्स र जानकारीहरु समेटिएको पत्रकार पन्थीको नयाँ पुस्तक जिरो माइल शनिवार नेपालमा सार्वजनिक हुने भएको हो ।
खसोखासका प्रधानसम्पादक पन्थीद्वारा लिखित यस पुस्तक काठमाडौंको धुम्बाराही स्थित होटल अकामामा शनिबार दिउसो २ बजे बिमोचन गरिने भएको हो ।
अमेरिकामा आप्रवासी र गैर आप्रवासी भिसामा आउन चाहनेहरु र अमेरिका आइसकेकाहरुका लागिमात्र नभई अमेरिकाको अध्यागमन कानूनबारे उत्सुकहरुका लागि समेत जानकारीहरु समेटिएको यस पुस्तक अमेरिकाको अध्यागमन कानूनका बारेमा सही जानकारी र दलालको फन्दामा परेर मानव तस्करीको शिकार बनेकाहरुलाई समेत उपयोगी हुने विश्वास लेखक पन्थीको रहेको छ ।
पुस्तकमा अध्यागमनबारे मात्र नभई आप्रवासीहरुले ध्यान दिनुपर्ने अन्य विषयहरुमा समेत टिप्सहरु प्रदान गरिएको छ । अमेरिकाको जटिल अध्यागमन कानूनलाई सरल तरिकाले व्याख्या गर्ने प्रयास पुस्तकमा गरिएको लेखक पन्थीले जानकारी दिएका छन् । पुस्तकमा प्रदान गरिएका टिप्सहरु जानकारीको लागिमात्र भएको र आफ्नो आवेदन वा मुद्दाबारे कानूनी सल्लाहका लागि कानून व्यवसायीलाई सम्पर्क गर्न लेखकले सुझाव दिएका छन् ।
अमेरिका विश्वभरका आप्रवासीहरुको आकर्षक गन्तव्य रहेकाले जिरो माइलका रुपमा रहेको र अमेरिकाबाट आप्रपवासीहरुको नयाँ यात्रा समेत सुरु हुने भएकाले पनि जिरो माइलका रुपमा रहेकाले पुस्तकको नाम जिरो माइल राखिएको लेखकले बताएका छन् । पत्रकार पन्थीको यो दोश्रो पुस्तक हो । यस अगाडि उनको पहिलो पुस्तक कम्पन बजारमा आएको थियो ।
को हुन् किशोर पन्थी ?
नेपालको गुल्मीमा जन्मेका किशोर पन्थी १२ बर्षदेखि न्युयोर्कमा रहेर पत्रकारिता गर्दै पन्थी १० बर्षदेखि न्युयोर्कबाट प्रकाशन हुने ‘खसोखास’ का प्रधानसम्पादक हुन् । अध्यागमन, सामाजिक र राजनीतिक विषयमा कलम चलाउने उनीसँग नेपालमा टेलिभिजन, एफएम रेडियो र पत्रपत्रिकामा काम गरेको अनुभव छ । उनी अमेरिकामा अंग्रेजी सञ्चार माध्यममा पनि कलम चलाउँछन् । अमेरिकाको सिका युनिभर्सिटीबाट मानार्थ पीएचडीबाट सम्मानित उनले अमेरिकी राष्ट्रपति जो बाइडेनबाट हस्ताक्षरित प्रेसिडेन्ट्स लाइफटाइम अचिभमेन्ट अवार्डसमेत प्राप्त गरेका थिए ।
अमेरिकी विदेश मन्त्रालयबाट मान्यताप्राप्त पहिलो नेपाली पत्रकार किशोर पन्थी अमेरिकामा रहेर सक्रिय पत्रकारिता गरिरहेका पत्रकार हुन् । हाल न्युयोर्कबाट प्रकाशित हुने साप्ताहिक म्यागेजिन खसोखासका प्रधान सम्पादक पन्थीको खसोखास म्यागजिनको अनलाईन संस्करण पनि न्युर्योकबाट सञ्चालित छ ।
रेडियो रोल्पा, मुल्यवान, जनादेश साप्ताहिक, रेडियो जनगणतन्त्र, रेडियो पश्चिमाञ्चल, सगरमाथा टेलिभिजन, रेडियो राजधानी हुँदै एविसी टेलिभिजनको अमेरिका ब्यूरो प्रमुख समेत रहेका उनि खाोजमुल, सामाजिक राजनितिक र आप्रवासी समुदायका समाचार संप्रेषणमा क्रियाशिल उनि सन् २००८ देखि नेपालको एबीसी टेलिभिजनमा समाचार सम्पादक रहेका थिए ।
सन् २०१० देखि एबीसी टेलिभिजनको अमेरिका ब्यूरो प्रमुख पन्थी एवीसी टेलिभिजनको युएस प्रतिनिधीका रुपमा समेत रहेर एवीसी टेलिभिजनका लागि टक अफ द टाउन युएए नामका कार्यक्रम प्रस्तोता, अँग्रेजी अनलाइन द हफिंटन पोष्ट, भ्वाइस अफ न्युयोर्क लगायतमा समेत कलम चलाउँदै आएका नेपाली पत्रकार हुन् ।
पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप अमेरिकाको न्युयोर्क र न्युजर्सी राज्यबाटबाट न्युजर्सीको जर्सी सिटी काउन्सिल अध्यक्ष रोलाण्डो लाभारो र न्युयोर्क सिटी काउन्सिलका सदस्य म्याथ्यु युजिनका तर्फबाट पत्रकार कदरपत्र लगायतका सम्मानबाट सम्मानित उनलाई केही समय अघि पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट सम्मानित पत्रकार हुन् ।
यस अघि बजारमा आएको उनको पुस्तक कम्पन पनि चर्चामा रहेको पुस्तक हो ।
प्रतिक्रिया