US Khabar
  • शताव्दीपुरुष सत्यमोहन जोशीको आईसीयूमा राखेर उपचार सुरु

    - us khabar | १ महिना पहिले प्रकाशित

    शताव्दीपुरुष सत्यमोहन जोशीको आईसीयूमा राखेर उपचार सुरु

    वाङमय शताव्दीपुरुष सत्यमोहन जोशीलाई आईसीयूमा राखेर उपचार थालिएको छ । बिहीबार छाती तथा पिसाबमा समस्या आएपछि ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएका जोशीको स्वास्थ्य अवस्था गम्भिर देखिएपछि आईसीयूमा राखेर उपचार सुरु गरिएको हो ।

    यस बिषयमा अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख भए अनुसार गएरातिदेखि मुटुको चाल अस्थिर भएपछि आईसीयूमा राखेर उपचार भइरहेको र अहिले उनको अवस्था सन्तोषजनक रहेको छ ।

    शताब्दीपुरुष जोशीको उपचार गर्ने जिम्मेवारी विगत तीन वर्षदेखि किष्ट अस्पतालले लिएको छ ।

    नेपालका संस्कृतिविद जोशी वि. सं. १९७७ साल वैशाखमा बखुम्बहाल, ललितपुरमा हुन् । वि. सं. २०१३ , २०१७ र २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका उनले नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि गरेको योगदान स्वरुप सुप्रबल गोर्खा दक्षिणबाहु, विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र, उज्ज्वल कीर्तिमान राष्ट्रदीप लगायतका सम्मान प्राप्त गरेका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!