US Khabar

राष्ट्रिय जनमोर्चा दाङको आयोजनामा अध्यक्ष चित्रबहादुर केसीसंग लकडाउन बिषयक अन्तरकृया

- Admin | ३ वर्ष पहिले प्रकाशित

राष्ट्रिय जनमोर्चा दाङको आयोजनामा अध्यक्ष चित्रबहादुर केसीसंग लकडाउन बिषयक अन्तरकृया

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के सि ले कोरोना भाइरसका कारण भएको लकडाउनले गर्दा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको जीवन ज्यादा कस्टकर भएको बताएका छन् ।  रााष्ट्रिय जनमोर्चा दाङको आयोजनामा कोरोनाले उत्पन्न संकट र अबको दैनिक जीवन विषयक अनलाइन अन्तर्कृयालाई सम्बोधन गर्दै अध्यक्ष केसीले नेपालमा जारी लकडाउन र बाट उत्पन्न समस्या प्रवासी नेपालीको अवस्थामाथी आफ्ना धारणा राखेका हुन् ।

अध्यक्ष चित्रबहादुर केसी कोरोना बिश्व ब्यापी संकट भएको र यस प्रकारका संकट लाई मानव समुदाय जित्दै आएको इतिहास स्मरण गर्दै यसलाई पनि नेपालीहरुले जित्ने सक्ने विश्वास ब्यक्त गर्दैे हत्तोत्साहित नभएर स्वास्थ्य साबधानीका साथ अगाडी बढ्नु पर्ने बताए ।

लकडाउनलाई पनि अब परिमार्जन गर्दै जानुपर्ने र परिक्षणको दायरालाइ बढाउनु पर्ने बताउँदै अध्यक्ष केसीले सरकारले प्रबासी नेपाली नागरिकका समस्या पनि समाधान गर्नु पर्नेमा जोड दिदैं उनले भने उत्पादनका कामलाइ पनि अगाडी बढाउनु पर्छ ।

राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा ने क पा मसाल दाङ जिल्ला प्रबक्ता भरत भण्डारी , अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय महासचिव राम बहादुर बुढा , अखिल नेपाल युबक संघका केन्द्रिय अध्यक्ष अनिलकिसोर घिमिरे, अखिल छैठौ का केन्द्रिय अध्यक्ष बिमल पोख्रेल , नेपाल कम्युनिस्ट पार्टी नेकपा का जिल्ला सचिबालय सदस्य सुरामणी बेल्बासे, उधोग वाणिज्य महासंघ प्रदेश ५ का उपाध्यक्ष हेमराज बन्जाडे, दाङ चेम्बर्स का अध्यक्ष श्रीधर महरा अखिल नेपाल जनजाति सम्मेलन दाङ जिल्ला अध्यक्ष राम बहादुर घर्ती, मुलप्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय सदस्य त्रिभुवन भट्टराई र महेन्द्र बस्याल , अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कृष्ण के सि , जापान नेपाली एकता समाजका हेमलाल गौतम , पत्रकार गोबिन्द खड्का, ललिता पोख्रेल , प्रेम सुवेदी लगायले मन्तव्य राखेका थिए ।

कार्यक्रमको विषय प्रवेश जिल्ला अध्यक्ष गणेश आचार्यद्वारा भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिब वसन्त पौडेलले गरेका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!