US Khabar
  • झारफुकको नाममा सरिया (रड)ले डामेर कुटपिट गर्दा कञ्चनपुरमा महिलाको मृत्यु

    - us khabar | १ महिना पहिले प्रकाशित

    झारफुकको नाममा सरिया (रड)ले डामेर कुटपिट गर्दा कञ्चनपुरमा महिलाको मृत्यु

    कञ्चनपुरको वेदकोट नगरपालिकामा एकजना महिलाको धामी झांक्रिको विश्वासमा पर्दा ज्यान गुमेको छ । बिरामी परेर झारफुक गर्न गएकी वेदकाटे नगरपालिका ६ मुसेपानीका ४२ वर्षकी रञ्चुला साउदको धामीझाँक्रीको कु्रर यातनाका कारण ज्यान गएको हो ।

    उपचारका क्रममा शुक्रबार राती धामीझाँक्रीद्वय धर्मानन्द भट्ट र नारायणदत्त भट्टले झारफुकका नाममा रञ्चुलाको शरिरमा घर बनाउने रड अर्थात सरिया तताएर डाम्नुका साथै निर्घात कुटपिट गरेका थिए । उनिहरुको कुटपिटबाट विरामी रञ्चुलाको ज्यान गएपछि यो घटना शनिवार बिहान मात्रै प्रहरीले थाहा पाएको थियो ।

    लामो समयदेखि बिरामी रहेकी रञ्चुलाको उपचार यि दुई धामीले गर्दै आएका थिए । शुक्रबार राती पनि झारफुककै लागि उनिहरु रञ्चुलाको घरमा पुगेका थिए । उपचार भन्दै उनिहरुले तातो रडले डाम्नुका साथै कुटपिट गरेपछि उनको ज्यान गएको हो ।

    प्रहरीले झारफुकमा संलग्न दुवै जनालाई पक्राउ गरेको छ भने र महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!