पाल्पा बंशगोपाल कृषि पर्यटन तथा साँस्कृतिक मेला चैत २२ देखि बैशाख २ गते सम्म बाँसटारीमा हुँदै

11

पाल्पा । यसपटक तानसेन टुंडिखेल मैदानमा महोत्सव संचालनको तयारी गरिएपनि टुँडिखेल मैदानको स्तरोन्नती कार्य अगाडि बढेकोले मेला संचालन हुन सकेन ।
नयाँ वर्षको अवसर पारेर बंशगोपाल युवा क्लव पाल्पा र औधोगिक शान्ति नेपाल संस्थाको आयोजनामा तानसेन ७ बाँसटारीमा पाल्पा बंशगोपाल कृषि पर्यटन तथा साँस्कृतिक मेला २०७५ को आयोजना गरिएको छ । मेलाबारे आइतवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराएका छन् । मेला यही चैत २२ गतेदेखि बैशाख २ गतेसम्म संचालन हुनेछ ।

मेलामा १ सय ५० बढी स्टल रहने, स्थानीय राष्टिय कलाकारहरुको प्रस्तुती रहने, स्थानीय कला संस्कृति सहितको झाकी र्याली आयोजना हुने क्लवका अध्यक्ष प्रदिप खनालले बताए ।

मेलामा बालउद्यान, जादु, सर्कस लगायतका प्रस्तुतीहरु समेत रहनेछन् । पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष खनालले यसप्रकारको मेला यहाँ पहिलो भएकोले सबैको सहयोगको अपेक्षा गरे । पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले बाँसटारी क्षेत्र यातायात तथा अन्य हिसावले पनि सबैलाई पायक पर्ने भएकोले मेला सफल हुने बिश्वास ब्यक्त गरे । वडा अध्यक्ष मुक्तिराम जिसीले मेला संचालनका लागि स्थानीय सरकारको पूर्ण सहयोग रहेको बताए ।
क्लवका सल्लाहकार भिम बहादुर श्रेष्ठले मेलाले बाँसटारी लगायत आसपासको क्षेत्रको पर्यटकीय तथा अन्य प्रवर्धनमा सहयोग पुर्याउने बिश्वास ब्यक्त गरे । कार्यक्रम क्लवका सचिव श्रीकृष्ण पोखरेलको संचालनमा चलेको थियो ।

Comments

comments