युएईको कतारमा बिभिन्न अभियोगको सजायँ भोगिरहेका २१ जना नेपालीले क्षमादान पाएका छन् । बैदेशिक रोजगारी शिलशिलामा कतार गएका मध्य र विभिन्न अभियोगमा जेल सजाय भोगिरहेका २१ जना नेपालीले कतार सरकारबाट क्षमादान पाएका हुन् ।
कतारस्थित नेपाली दूतावासका अनुसार इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमाजानको अवसरमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले त्यहाँका कारागारहरू जेल जीवन विताईरहेका २१ जना नेपालीलाई क्षमादान पाएका हुन् ।
विभिन्न कसुरमा सजाय भोगिरहेका उनिहरुमध्य ३ जना यौनजन्य क्रियाकलापमा, ११ जना चोरीजन्य क्रियाकलापमा २ जना मादकपदार्थ बिक्रीवितरणमा र ५ जना आर्थिक हिनामिना जेल जीवन बिताईरहेका थिए ।
कतार सरकारले विभिन्न कारणले कतारमा बसोबासको नियम उल्लङ्घन गरेका तर आफ्नो कानुनी अवस्था सच्याई कतारमै बस्न चाहने वा स्वदेश फर्किन चाहनेहरूले आउँदो वैशाख १७ अर्थात् अप्रिल ३० सम्मको समय पाउने उल्लेख गरेको छ ।
प्रतिक्रिया