US Khabar

रिपोर्ट नेगेटिभ आएर घर फर्किए लगत्तै मृत्यु भएका युवकको कोरोना पुष्टी: मृतकको संख्या ११ पुग्यो

- Admin | २ वर्ष पहिले प्रकाशित

रिपोर्ट नेगेटिभ आएर घर फर्किए लगत्तै मृत्यु भएका युवकको कोरोना पुष्टी: मृतकको संख्या ११ पुग्यो

सुर्खेतमा क्वरेन्टीनमा बसेर फर्किए लगत्तै मृत्यु भएका युवकको कोरोना पुष्टी भएको छ । जेठ ७ गते भारतबाट आएर सुर्खेतको जनता मावि विद्यापुरको क्वरेन्टीनमा बसेका २८ बर्षिय युवकको मृत्यु कोरोनाकै कारण भएको पुष्टी भएको हो ।

पञ्चपुरी नगरपालिका १ ति युवा जेठ ७ गते भारतबाट आएर १४ दिन क्वारेन्टाईनमा बसेका थिए । बुधबार आरडीटी रिपोर्ट नेगेटिभ आएपछि उनि घर फर्किएका थिए तर उनि घर फर्किए लगत्तै मृत्यु भएपछि पुन पीसीआर परीक्षण गरिएको छ जसमा उनको रिजोर्ट पोजेटिभ देखिएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!