नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अमेरिकाको उपचार सक्किएको  छ । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिीमोरस्थित जोन हप्किन्स अस्पतालमा उपचारार्थ प्रोग्रेसिभ सुप्रान्युक्लियर पालसाइ (पीएपी) र उच्च रक्तचापबाट पीडित प्रचण्ड पत्नी सिताको उपचार प्रक्रिया आज सकिएको हो ।

गत हप्ता सितासंगै अमेरिकामा रहेकी छोरी गंगाले आमाको विस्तृत उपचार सुरु भएको  र उपचारमा ५ दिन लाग्ने नेपाली सञ्चार माध्यमलाई जानकारी दिएकी थिईन । जस अनुसार सिता दहालको उपचारमा रहेका डाक्टरहरुले रोग सुधार हुने आश्वासन दिएका थिए ।

जोन हप्किन्सको स्वास्थ्य परिक्षणपछि थप उपचारका लागि जर्जटाउन यूनिभर्सिटीमा पुगेका प्रचण्ड परिवारलाई चिकित्सकले रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पालसाइ नै भएको र उनको नियमीत स्वास्थ्य परिक्षण गर्न सल्लाह दिदैं औसधी दिएका छन् ।

अध्यक्ष दाहालले लामो समयदेखि बिरामी पर्दै आएकी सीतालाई सिंगापुर, थाइल्याण्ड, र भारत लगेर उपचार गरे पनि सञ्चो नभएपछि प्रचण्डले उनलाई थप उपचारका लागि आज अमेरिका ल्याएका थिए । रोगको निधान हुने जन विश्वासमा प्रचण्डले सीतालाई तातोपानीमा नुहाउन लगेका पनि थिए।

उपचार प्रकृया सकिएकाले बिहिबार दाहाल परिवार नेपाल फर्कने कार्यक्रम रहेको छ ।

 

Comments

comments