एनआरएनए अमेरिकाको आगामी कार्यसमिती निर्वाचनका पोष्टर र उमेद्वारका चुनावी धारणाले सामाजिक संजालका भित्ताहरु रंगीन थालेको धेरै दिन बितिसकेको भएपनि औपचारिक उमेद्वारी घोषणा गर्ने उमेद्वारको संख्या सोहि अनुपातमा देखिएको छैन । औपचारिक घोषणा नहुँदा सम्म यि उमेद्वार चुनावी मैदानमा उत्रने प्रतिस्पर्धी हुन् भनेर भनिहाल्न मिल्ने अवस्था छैन किनकी बिगतका निर्वाचनमा पनि संघार नजिकिए संगै उमेद्वारीका आकांक्षी भनिएकाहरु पनि पछि मतादाताका रुपमा मात्र देखिएका धेरै दृश्य र उदाहरण छन् ।

२०१९ — ०२१को अव बन्ने कार्यसमितीका लागि बिभिन्न पदमा सामाजिक संजाल मार्फत उमेद्वारीको अनौपचारिक घोषणा गरिरहेका मध्य अध्यक्ष पदका ४ जना उमेद्वारले आफ्नो उमेद्वारीको औपचारिक घोषणा गरेका छन् । पत्रकार सम्मेलन गरेर सार्वजनिक भएका अध्यक्ष पदका दावेदार ४ उमेद्वार मध्य २ जना न्युर्योक राज्यबाट र २ जना टेक्सस राज्यबाट रहेका छन् । न्युर्योकबाट बर्तमान बोर्ड अफ डारेक्टर संंजय थापा र पूर्व वोर्ड सदस्य सुर्य लम्साल र टेक्ससबाट बर्तमान कार्यसमितीका बरिष्ठ उपाध्यक्ष सुनिल शाह र बर्तमान बोर्ड अफ डारेक्टर डा. अर्जुन बन्जाडे रहेका छन् ।

अध्यक्ष पदमा औपचारिक उमेद्वारी घोषणा गरेका ४ उमेद्वारको संक्षिप्त परिचय

सुनिल शाह

जनकपुरमा जन्मेका सुनिल शाह एसएलसी पास गरेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका थिए । पुल्चोक ईन्जिनियरिङ क्याम्पसबाट स्नातक सकेका शाहले बंगलादेशबाट ब्याचलर ईन ईन्जिनियर गरेका हुन । बिद्यार्थी राजनितीमा सक्रिय उनी त्यस समय नेविसंघ प्रवेश गरेका थिए । सुनिल शाह फ्लोरिडा इस्टिच्युट अफ टेक्नोलोजीबाट माष्टर गर्नका लागि सन २००४ मा अमेरीका आएका हुन् ।
सन् २००५ वाट सुचना प्रविधिका क्षेत्रमा अझ बढि निकटता रहेका उनि पढाई पुरा गरेर यहि क्षेत्रका बिभिन्न कम्पनीहरुमा काम गरेपछि उनले सन् २०१३ बाट आफ्नै कम्पनी खोलेर आईटी ब्यवसाय सुरु गरेका थिए । उनि सन् २०११ बाट एनआरएनमा आवद्ध भएका हुन् । निर्वाचन समिति सदस्य, सल्लाहकार हुँदै एनआरएनए एनससिसी अमेरिकाको बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष शाहले एनआरएनको महत्व आवश्यकताबारे यहाँका नेपालीलाई ब्यक्तीगत रुपमै पनि बुझाउँदै आएका छन् । नेपालीको साझा संस्थाको रुपमा स्थापित एनआरएनप्रति सकारात्मक हुन सके धेरै योजनाहरु सफल हुने उनको बुझाई छ । आफु आफुमा बिबादिन बन्नु भनेको संस्था कमजोर हुनु हो र कमजोर संस्थाबाट बलियो अपेक्षा गर्न मुस्कील हुने भएकाले सबैले एनआरएन प्रति सकारात्मक भएर आपसी सद्भाव र सहयोगमा अघि बढ्नु पर्ने उनको धारणा छ ।
उनको बुझाईमा प्रवासमा रहेका नेपालीसंग नेपाल सरकारले समन्वय गरेर दक्ष नेपालीको ज्ञानलाई प्रयोग गर्ने वातावरण मिलाएको खण्डमा बिभिन्न क्षेत्रमा बिकासका प्रभावकारी योजना नेपालीमाझ लान सकिन्छ । सकारात्कम सोच र हरेक कामलाई लगनका हेर्नुपर्ने मान्यता राख्ने सुनिल शाहले एनआरएनए अमेरिकाले धेरैं मुद्दाहरुमा काम गर्न बाकी वर्तमान अवस्थामा संस्थालाई गतिशिल बनाउदैं प्रभावकारी कार्य दक्षता देखाउन सक्ने अनुभवी नेतृत्व चयन हुनु पर्नेमा जोड दिँदै आएका छन् ।

संजय थापा

काठामाडौंको गोकर्णमा सन् १९६५ मा जन्मिएका सञ्जय थापाले अस्कल क्याम्पसबाट आईएसी, पुल्चोक क्याम्पसबाट इन्जिनियरिङमा डिप्लोमा र भारतको भारतको मदरास कलेज अफ इन्जिनियरिंग एण्ड टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका हुन् बिद्यार्थी राजनितीमा नेपाल र भारतमा अध्ययन गर्दै ताका प्रभाव कायम गरेका उनि सन् २००६ मा बोस्टनमा भएको लाइन्स क्लबको कार्यक्रममा भाग लिन अमेरिका आएका उनि २००७मा सिकागोमा भएको कार्यक्रममा सहभागी हुन अमेरिका आएपछि उनि १२ बर्षदेखी अमेरिकामा नै बसोबास गर्दै आएका छन् ।
२००९ मा अमेरिकामा रहेका नेपालीहरूको महत्वपूर्ण संथा युएनडीएफको सचिवको रूपमा काम गर्न थालेका थापा सन् २०१३ मा न्युयोर्कमा सम्पन्न प्रवासी नेपाली मञ्च (ओएनएफ) को प्रथम अधिवेसनबाट मञ्चको अध्यक्ष पदमा निर्वाचित भएका थिए । नेपालका भुकम्प पिडित, बाढि पिडित, विकट क्षेत्रमा पुस्तकालय स्थापना जस्ता सामाजिक काममा सक्रिए थापालाई बिद्यार्थी जीवन देखीको ब्यक्तीत्व र छोटो समयमा नै महत्वपूर्ण काम र सफलता हासिल गरेका ब्यक्तीमा रुपमा चिनिन्छ।

सुर्य लम्साल

सुर्य लम्साल पेसाले ईन्जिनियर हुन् । किसान परिवारमा जन्मेर अमेरिकाका बिभिन्न प्रतिष्ठीत कम्पनीहरुमा उच्च तहको ईन्जिनियरका रुपमा स्थापित भएका लम्सालले चितवनको शिवनगर माध्यामिक विद्यालयबाट २०४१ सालमा एसएलसी उत्तीर्ण गरेका लम्सालले अस्कल क्याम्समा आईएसी र बिएस्सी गरेका हुन् भने पुल्चोक ईन्जिनियरिङ क्याम्पसबाट ईन्जिनियरिङ सकेका हुन् । १९९६ जुलाईमा फ्लोरिडा इन्स्टिच्युट अफ टेक्नोलोजीमा मास्टर्स अफ इन्जिनियरिङका विद्यार्थी बनेरे अमेरिका आएका लम्सालले अमेरिकाका बिभिन्न प्रतिष्ठीत कम्पनिमा ईन्जिनियका रुपमा काम गरेका थिए । उनि ति नेपाली हुन् जसले संसारकै उत्कृष्ट नमुना मानिने ९गगनचुम्बी भवन० म्यानह्याटनका स्काइक्रेपर निमार्ण युनिटसंगै रहेर काम गरेका थिए भने सन् २००२ को कोरिया विश्वकपको रंगशालाको उत्कृष्ट डिजाइन गरेबापत अवार्ड समेत प्राप्त गरेका थिए ।

संसारकै सबैभन्दा ठूलो प्रसारण ७६५ के.भी. टान्समिसन लाइन भएको न्युयोर्क पावर अथरिटीमा वरिष्ठ इन्जिनियरका रूपमा १३ बर्ष देखी काम गरिरहृका उनि संसारकै नमूना मानिने नायगारा फल्स हाइड्रोपावरको नियमित अनुगमन, सुरक्षा, पावरहाउस तथा टान्समिसन लाइनमा गर्नुपर्न इन्जिनियरिङ लगायतका महत्वपूर्ण कामहरुमा बितिरहेको छ उनको दैनिकी । नेपालमा पनि उनि जलस्रोतको क्षेत्रमा केही गर्न चाहन्छन् ।

अमेरिकन सोसाईटी अफ सिभिल तथा स्ट्रक्चरल सोसाईटीमा बरिस्ठ सदस्य, न्यूयोर्क युनिभर्सिटीका प्राध्यापक, बिज्ञान, प्रविधी र अर्थनिती सम्बन्धी समितीका संयोजक लगायतका अनुभव संगालेका न्युर्योक निवासी लम्साल लम्साल डा। केसव पौडेलको पहिलो कार्यकालमा सर्वाधिक मत ल्याएर सदस्य पदमा निर्वाचित भएका थिए ।

विश्वमै सबैभन्दा धेरै सदस्य रहेको एनआरएनए अमेरिका अब नेतृत्वका हिसावले पनि संसारकै शक्तिशाली बन्न सक्ने उनको तर्क छ । यसका लागि उनले चारबुँदे एजेन्डा अघि सारेका छन् । जसमा नयाँपुस्तालाई एनआरएनमा ल्याउन विशेष योजना बनाउने, आइडी कार्ड प्रभावकारी ढंगले लागू गर्ने, राज्य च्याप्टरहरूलाइ स्वयत्त र अन्य नेपाली संघसंस्थाहरूसँगको सहकार्यलाई जोड दिने तथा अमेरिकाको मूलधारमा नेपालीलाई समाहित गर्न पहल गर्ने र परिणाममुखी सचिवालय र शक्तिशाली एनआरएनए निर्माणमा खट्ने रहेका छन् ।

डा. अर्जुन बन्जाडे

नेपालको अर्घखाँची जिल्लामा जन्मेका डा. अर्जुन बन्जाडे हालको कार्यसमितीका सर्वाधिक मत ल्याएर बिजयी भएका बोर्ड अफ डिरेक्टर हुन् । टेक्ससको Tarrant County College मा Director of State Reporting को रुपमा कार्यरत डा बन्जाडे टेक्सस राज्यमा आफ्नो कामको बिषयमा राज्य स्तरका दुई समिती मा पनि कार्यरत छन् । Johns Hopkins University अन्तरगत नेपाल र अमेरिकामा काम गरेका उनि एनआरएन प्रति भोलीका पुस्तालाई पनि बिह्वास दिलाउने बातावरण आजको कार्यकाल सम्हालेका पदाधिकारीले गरेका राम्रा कामहरुले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै त्यो वातावरण आफु निवार्चित भएको खण्डमा मन बचन र कर्मले गर्ने प्रतिवद्धता ब्यक्त गर्ने प्रतिस्पर्धी हुन् । अमृत साईन्स क्याक्पसबाट आईएसी र त्रिचन्द्र क्याक्पसबाट बिएसी गरेका उनी जनसंख्या बिषयमा स्नातकोत्तर गरेपछि थप अध्यननका लागि सन् १९९८ मा अमेरिका आएका हुन् ।अमेरिकाको इजष्य ग्लष्खभचकष्तथ बाट मास्टर्स डिग्री पुरा गरेकाबन्जाडेले सोहि विश्वबिद्यालयबाट आम सञ्चार बिषयमा पिएडी गरेका थिए ।

अध्यक्ष पदका यि ४ उमेद्वारको योग्यता, अनुभव, काम र सफलतालाई हेर्दा सबै आफैंमा योग्य र बलिया प्रतिस्पर्धीका रुपमा रहेका छन् ।
सदस्यता बितरण सकिए लगत्तै 7 जनाले अध्यक्ष पदमा आफ्नो उमेद्वारी दिने बताएका थिए । जसमा बर्तमान कार्यसमितीका बरिष्ठ उपाध्यक्ष सुनिल शाह, बोर्ड अफ डारेक्टर कृष्ण लामिछाने, डा. अर्जुन बन्जाडे, संजय थापा,  प्रवत्ता बिनोद कुमार तिवारी, पूर्व वोर्ड सदस्य सुर्य लम्साल र पूर्व उपाध्यक्ष आर सि पोखरेल रहेका थिए ।
यि मध्यका शाह, थापा, लम्साल र बन्जाडे ४ जना अव चुनावी मैदानमा उत्रने पक्का भएको छ । ८९२२ जना मतदाता रहने यस निर्वाचनका लागि अझै २ महिना पुरै बाँकी रहेकाले बाकी ४ जनाको उमेद्वारी घोषणाका लागि समय बाँकी अझै छ भने अन्य उमेद्वार थपिने र घट्न सक्ने कुरालाई अनुमानका आधारमा यसै भन्न नमिल्ने देखिन्छ ।

Comments

comments