अमेरिकामा माहात्मा गान्धीको शालिकमा तोडफोड भएको छ । प्रहरीले हिरासतमा रहेका जर्ज फ्लोइड पछि चर्किएको आन्दोलनमा सहभागीहरुले अमेरिका स्थित भारतिय राजदुतावास अगाडी रहेको महात्मा गान्धीको शालिकमा तोडफोड गरेका हुन् ।
शालिकमा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको अमेरिकी प्रहरीले जनाएको छ ।
गत मे २५ मा अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु पछिको आन्दोलनले न्युयोर्क, वासिंटन, म्यानहट्टन, सिएटल, लगायतका सहरमा प्रदर्शनले उग्र रुप लिदैं गएको छ । काला जातिका ४६ वर्षीय जर्ज प्रहरी हिरासतमा थिए । हिरासतमै रहेका बेला ३ जना गोरा जातीका प्रहरीले उनको घाँटी थिचेर हत्या गरेको समाचार बाहिरिए संगै यस घटनालाई रंगभेदको मुद्दा बनाएर हजारौंको संख्यामा प्रदर्शन हुँदै आएको छ ।
जर्ज चिच्याइरहँदा पनि उनको घाँटी थिचिरहेको भिडिओ बाहिरिएको छ जुन यतिबेला सामाजिक सञ्जालमा भाईरल भएको छ जसमा जर्जले ‘मलाई स्वास फेर्न गाह्रो भयो’ भनेर जीवन रक्षाको लागि अनुनय गरेका छन् । प्रदर्शनकारीले उनको यहि वाक्यलाई नारा बनाएर आन्दोलन सुरु गरेका हुन् ।
विभिन्न स्थानमा प्रहरीका भ्यानमाथि आगजनी गर्नुका साथै आक्रमण भएको यस प्रदर्शनमा प्रहरीले पनि प्रदर्शनकारीको भीडलाई मिचेरै गाडी कुदाएपछि झन् हिंसात्मक वातावरण सृजना भएको छ । प्रदर्शन नियन्त्रणका लागि प्रहरीको गाडीले प्रदर्शनकारी माथी नै गाडी चलाउँनुका साथै कुपपिट गर्दा प्रदर्शनकारीहरु घाईते भएका छन् भने अमेरिकाभर कम्तीमा चार हजार भन्दा पढि व्यक्ति पक्राउ परिसकेका छन् ।
जर्ज फ्लोयडको घाँटीमा घुँडा धसेका निलम्बित प्रहरी अधिकारीलाई तेस्रो डिग्री हत्या र दोस्रो डिग्री नरसंहारको मुद्दा लगाइएको छ । प्रहरी अधिकारी डेरेक चाउभिनलाई जुन ८ मा अदालतमा उपस्थित गराइने भएको छ ।
प्रतिक्रिया