काठमाडौँ महानगरपालिकाले बुधबारदेखि संचालनमा ल्याएको ब्रुमरहरुले एकै रातमा १८ टन धुलो संकलन गरेको छ ।

काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख हरीकुमार श्रेष्ठले ब्रुमरले एकै रातमा १८ टन धुलो संकलन गरेको जानकारी दिए । श्रेष्ठले भने, ‘काठमाडौँमा धुलो धेरै छ, ब्रुमरले बुधबार एकै रातमा मात्र १८ टन धुलो-फोहोर संकलन गरेको छ ।’

ब्रुमर संचालनको लागि महानगरले बनाएको ५ वटा रुट अनुसार नै सडक सफा गर्दा १८ टन फोहोर संकलन भएको श्रेष्ठले जानकारी दिए ।

काठमाडौँका सडकमा माटो धेरै भएकाले यसलाई कसरी ब्यवस्थापन गर्ने भन्ने विषयमा यातायात ब्यवस्ता विभागसँग छलफल गरिरहेको समेत श्रेष्ठले जानकारी दिए ।

बेलुका ८ बजेदेखी बिहान ४ बजेसम्म दैनिक ८ घण्टा काम गर्नेगरी महानगरले मंगलबारबाट ब्रुमर संचालन गरेको भएता पनि झरीको कारण बुधबारबाट धुलो संकलन गरिएको हो

महानगरले ल्याएका ५ वटा ब्रुमरले औपचारिक रुपमा बुधबारबाट सडक सफाइ गर्न थालेको छ । ब्रुमरले ५ वटा रुट बनाएर दैनिक सफाइ गर्ने कामपाले जनाएको छ ।

 

Comments

comments