US Khabar
  • ‘एनआरएनए बिभाजनको जिम्मा केशव पौडेल र गौरी जोशीले लिनुपर्छ’ – कृष्ण जिवी पन्थ

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    ‘एनआरएनए बिभाजनको जिम्मा केशव पौडेल र गौरी जोशीले लिनुपर्छ’ –  कृष्ण जिवी पन्थ

    एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्थले गैर आवासिय नेपाली संघ विभाजनको जिम्मा डा. केशव पौडेल र गौरीराज जोशीले लिनु पर्ने बताएका छन् । एनसीसी बरिष्ठ उपाध्यक्ष पन्थले पटक पटकको चरम राजनैतिक र व्यक्तीगत हस्तक्षेपका कारण संघ विवादित र विभाजित बन्दै गएको भन्दै आईसीसी महासचिव पौडेल र जोशी नै यसको मुख्य कारण भएको बताएका हुन् ।

    पन्थले आफ्नो आधिकारिक फेसबुक मार्फत आईसीसी महासचिवद्वाय पौडेल र जोशीको नाम नै किटेर फोटो सहित यि दुई महासचिव जिम्मेवारी भन्दा विभाजनको मार्गमा रहेकै कारण संघको गरिमामा आँच पुगेको बताएपछि फेरी एकपटक सामाजिक संजाल तातेको छ ।
    पन्थले पौडेल र जोशीलाई ट्याग नै गरेर लेखेको स्ट्याटसमा भनेका छन् गैरआवासीय नेपाली संघमा तपाईहरु दुईजनाले समाज जोड्ने भन्दा तोड्ने काम गर्नु भयो । यसको असर एनसिसि अमेरिका लगायत बिश्वभरि फैलीयो ।

    एनसिसिको पन्जीकृत सदस्यता बनाइने प्रकृया, डेलिगेट्स छनौट एबं प्रजातान्त्रीक प्रकृयामा हुने निर्बाचनलाई अबमुल्यान गर्दै गरिएको सम्झौतामा आम नेपाली समुदाय खुशी नभएको उल्लेख गर्दै पटक पटक चरम राजनैतिक हस्तक्षेपको उपज समस्या समाधान भन्दा समस्या उल्जनको शिकार एनआरएनए बन्दै आएकोप्रति पन्थले ध्यानाकर्षण समेत गराएका छन् ।

    एनसीसी अमेरिकाको बर्तमान कार्यसमिती भंग भयो भन्दै अर्का पक्षधरले आईसीसीलाई पत्र काटेपछि अत्यन्त आलोचित बनेको केही दिनपछि आज सार्वजनिक पन्थको स्ट्याटसले धेरै हदसम्म आम सदस्यमा स्पष्टता कायम समेत भएको छ । कुनै पनि भूमिका नबाँधी उनले सिधै नाम किटान गरेपछि संघको खिचातानी समेत बाहिरिएको छ ।

    पन्थले पौडेल र जोशीलाई भनेका भन् बिवेक गुमाउदै गरिएको सम्झौतामा आफुले पद , सम्मान पाएपछि आफ्नो गुट सम्हाल्छु भन्ने भ्रमबाट मुक्त हुनुहोस। तपाईहरुलाई मात्र दोष लगाएर म उम्कीन खोजेको हैन मेरो भागमा परेको जिम्मेवारी लिन म तयार छु । तर जे भै राखेको छ एनआरएनएको उधेश्य बिपरित भएको छ ।

    हालको एनआरएनएको मनोनित समितिलाई तदर्थ समितिमा परिणत गरि आम गैरआवाशीय नेपालीहरुको एजेन्डाहरुलाई सम्बोधन गर्दै आईसिसिले आगामी अक्टोबरमा प्रजातान्त्रीक प्रकृयाबाट नेतृत्व छान्ने प्रकृयाको शुरुवात गरेमात्र हाल देखिएको समस्याको समाधान हुने पनि पन्थले स्पष्ट पारेका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!