US Khabar
  • जपानद्वारा १४० रूसी नागरिकको सम्पती रोक्का सहित थप प्रतिबन्धको घोषणा

    - us khabar | २ हप्ता पहिले प्रकाशित

    जपानद्वारा १४० रूसी नागरिकको सम्पती रोक्का सहित थप प्रतिबन्धको घोषणा

    जापान पुन: युद्धग्रस्त मुलुक युक्रेनको पक्षमा कडा रुपमा उभिएको छ । युक्रेन आक्रमणमा रहेको रुसको विरोधमा पटक पटक आवाज उठाउँदै आएको जापानले पुन: रूसमाथि थप प्रतिबन्ध लगाएको घोषणा गरेको हो ।

    जापानका प्रधानमन्त्री फुमियो किशिदाले थप १ सय ४० रूसी नागरिकको सम्पती रोक्का गरेको जानकारी सहित रूसमाथि आफूले थप प्रतिवन्ध लगाउने निर्णय गरेको बताएका हुन् ।

    लण्डन भ्रमणमा रहेका जापानी प्रधानमन्त्री किशिदाले बेलायती समकक्षी बोरिस जोनसनबीच भएको दुई पक्षीय बैठक पछिको पत्रकारसंग कुराकानी गर्दै रुसको निर्यातमाथि लगाएको प्रतिवन्ध थप बढाउने उल्लेख गरेका छन् ।

    रूसले युक्रेनमाथि गरेको हिंशाको परिणाम चुकाउनुपर्ने चेतावनी सहित जापानी प्रधानमन्त्रीले युरोपले भोगिरहेको स्थिति कुनै दिन पूर्वी एसियाली मुलुकले पनि भोग्न सक्ने सम्भावना रहेको भन्दै सचेत रहन सबैलाई आग्रह पनि गरेका छन् ।

    यसअघि नै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुई छोरी काटेरिना टिखोनोभा र मारिया भोरोन्टोभा लगायत ३ सय ९८ रुसी नागरिकको सम्पत्ति रोक्का गरेको जापानले कोइला र भोड्का जस्ता रूसी आयात, रूसमा नयाँ लगानी घटाउने र प्रमुख बैंकहरूको सम्पत्ति जफत गर्ने समावेश लगायतमा प्रतिबन्ध लगाउँदै आएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!