US Khabar

NST र ANA ले अमेरिका तथा विश्वभरका प्रवासी बालबालिकाबिच कथा लेखन प्रतियोगीता गर्दै

- us khabar | २ महिना पहिले प्रकाशित

NST र ANA ले अमेरिका तथा विश्वभरका प्रवासी बालबालिकाबिच कथा लेखन प्रतियोगीता गर्दै

अमेरिका तथा संसारभर रहेका प्रवासी नेपाली बालबालिकाबिच कथा लेखन प्रतियोगिता हुने भएको छ । एसोसिएसन अफ नेपालिस इन द अमेरिका ‘ANA’ र नेपाली समाज टेक्सास ‘NST’ को आयोजनामा जुलाई २ र ३ तारिकका दिन संसारभरका प्रवासी बालबालिका बिच कथा लेखन प्रतियोगिता हुने भएको हो ।

जुलाई २ र ३ तारिक टेक्सासको डालसमा आयोजना हुँदै गरेको नेपाली राष्ट्रिय महाधिवेशनको अवसर पारेर आयोजना हुन लागेको कथा लेखन प्रतियोगिताका लागि लागि पुष्पा खनालको संयोजकत्वमा भोज बहादुर बलायर र डा. होम आचार्य सहितको ३ सदस्यिय समित गठन भएको छ ।

६ देखी १६ बर्ष उमेर समुहका बालबालिका सहभागि हुन पाउने यस कथा लेखन प्रतियोगिताका लागि बिभिन्न मापदण्ड रहेका छन् । उल्लेखित मापदण्ड अनुसार स्पष्ट शीर्षक, छोटो र सरल वाक्यको प्रयोग, ध्यानाकर्षित, बलियो र यथार्थवादी विषयबस्तु, चरित्र चित्रण र , केन्द्रिय पात्रको प्रभाव, भाषा र लयको क्रम, विम्व र उपमा र तिनको उचित प्रयोग लगायतका महत्वपूर्ण पक्ष कथाले समेट्नु पर्ने छ ।

१ हजार देखि १५ सय सम्म शब्दको सिमा रहेको लेखन कार्यमा सहभागी हुन चाहने बालबालिकाले आगामी जुन १ तारिख सम्म कथा पठाई सक्नु पर्नेछ । कथा पेश गर्ने म्याद जुन १ तारिख राति ११ बजेर ५९ बजेसम्म रहेको छ ।

प्रतियोगितामा सहभागि मध्य प्रथम हुनेले ३ सय डलर, दिव्तियले २ सय डलर र तृतियले १ सय डलर पुरस्कार प्राप्त गर्ने छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

error: Content is protected !!