अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोले आप्रवासीलाई रोक्न थप कदम नचाले अर्को हप्ता सीमा बन्द गर्ने ट्रम्पको चेतावनी दिएका छन् । अमेरिका प्रवेश गर्नेहरुलाई रोक्न मेक्सीकालाई सजिलो हुँदा हुँदै पनि मेक्सीकोले यसलाई नजर अन्दाज गर्दै आएको आक्रोश ब्यक्त गर्दै ट्रम्पले अर्को हप्ता सिमा बन्द गर्ने चेतावनी दिएका हुन् ।

यस बिषयमा शुक्रवार पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भने ‘अर्को हप्ता मैले सीमा बन्द गराउँछु जस्तो देखिन्छ र त्यसो गर्दा मलाई कुनै समस्या हुने छैन ।’

ट्रम्प श्रृङ्खलाबद्ध ट्वीटहरू गर्दै लागु औषध तस्करी नियन्त्रणमा रकम खर्चिनुभन्दा सीमा बन्द गर्नु राम्रो हुने बताएका छन् ।

यता मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओर्बयाडोरले आफ्नो देश  अमेरिकाको ठूलो छिमेकी भएको र चेतावनीका आधारमा कदम नचाल्ने भन्दै शनिबार ट्वीट गरेका छन् ।

 

Comments

comments