US Khabar
  • स्थानिय निर्वाचनको दिन देशका धेरै स्थानमा पानी पर्ने संभावना – पूर्व तयारी गर्न आग्रह

    - us khabar | २ हप्ता पहिले प्रकाशित

    स्थानिय निर्वाचनको दिन देशका धेरै स्थानमा पानी पर्ने संभावना – पूर्व तयारी गर्न आग्रह

    बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका दिन  वर्षा हुनसक्ने जलवायुविद्हरुले बताएका छन् । वैशाख २३ गतेदेखि
    बंगालको खाडीमा उत्पन्न न्यून चापीय अवस्था आईतबारको दिन समुन्द्री आँधीको रुपमा विकसित हुँदै गएको जानकारी दिदैं त्यसको असर स्वरुप निर्वाचनको दिन नेपालमा पनि वर्षा हुनसक्ने बताएका हुन् ।

    निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै मतपत्र, मतपेटिका लगायतको सुरक्षामा ध्यान दिन सुझाव दिएका मौसमविदहरुले देशभर निर्वाचन हुने सो दिन पानी पर्दा असहज अवस्था सृजना हुन सक्ने भन्दै समयमा नै आवश्यक पूर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका हुन् ।

    मौसम विज्ञका अनुसार भारतको उडिसा लगायत तटीय क्षेत्रमा बढी प्रभाव देखिने यस आँधी सहितको बर्षातको प्रभाव नेपालमा वैशाख २७ गते राति देखि २८, २९, ३० मा बढी देखिने सम्भावना अहिलेसम्मको आँकलनबाट देखिएको छ ।

    बंगालको खाडीमा विकसित भएको न्यून चापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा हुने सम्भावना देखिएकोले मतदान प्रक्रियामा असर गर्नसक्ने भएकाले पूर्वतयारी गर्ने अनुरोध गरिएको हो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!