US Khabar
  • राष्ट्रिय फुटबल टिममा देखिएको विवाद समाधानका लागि एन्फाद्वारा कार्यदल गठन

    - us khabar | २ हप्ता पहिले प्रकाशित

    राष्ट्रिय फुटबल टिममा देखिएको विवाद समाधानका लागि एन्फाद्वारा कार्यदल गठन

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिममा देखिएको विवाद समाधानका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ। (एन्फा)ले प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर खेलाडीबीचको विवाद समाधानका लागि छानविन कार्यदल गठन गरेको हो ।

    आइतबार बसेको एन्फाको कार्यसमिति बैठकले नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका पूर्व उपरथी भिक्टर राणाको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो।

    गठित कार्यदलमा पूर्वअन्तर्राष्ट्रिय खेलाडी बिदूर विष्ट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सदस्य रहने छन् । कार्यदललाई खेलाडी–प्रशिक्षक विवादको विषयमा तथ्य पत्ता लगाउने जिम्मेवारी हुनेछ।

    दुई साताअघि दश जना सिनियर खेलाडीले प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, विमल घर्तिमगर, अन्जन विष्ट र सुजल श्रेष्ठले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका थिए ।

    त्यसपछि विवादित बनेको यस बिषयको विवाद समाधानका लागि छानविन कार्यदल गठन गरिएको हो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!