US Khabar
  • १ सय ३२ पसल सहित सुन्धाराको सिटिसी मल लिलामीमा

    - us khabar | २ हप्ता पहिले प्रकाशित

    १ सय ३२ पसल सहित सुन्धाराको सिटिसी मल लिलामीमा

    सुन्धारास्थित सिटिसी मल लिलाम हुने भएको छ । सिभिल इस्टेट्स प्रालिले कोषबाट लिएको ऋण नतिरेपछि सिटिसी मल लिलाम हुने भएको हो ।

    कर्मचारी सञ्चय कोषले सोमबार सूचना जारी गर्दै आजदेखि ३५ दिनभित्र लिलामीमा बोल कबोलको सूचनामा जारी गरेको हो ।

    ८२ हजार ९५ वर्ग फिट क्षेत्रफलमा रहेका १ सय ३२ पसल लिलामी हुन लागेको सिटिसी मलले ऋण निकाल्दा सुन्धारास्थित ६ रोपनी जग्गा र त्यसमा निर्माण भएका १सय ३२ इकाइ पसलहरू धितोमा राखेको थियो ।

    घरजग्गा व्यवसायी इच्छाराज तामाङको लगानी रहेको यस मलका संचालक तामाङलाई सिभिल सहकारीका निक्षेपकर्ता ठगीको अभियोगमा गत असोजमा नै प्रहरीले पक्राउ गरेको थियो।

    गत मंसिरमा कर्मचारी सञ्चय कोषले पनि तामाङ सहित उनका ससुरा केशवलाल र प्रवीण मुखियाको नाममा सार्वजनिक सूचना जारी गरिसकेको भएपनि तिर्नु पर्ने रकम हालसम्म नतिर्दा मल नै लिलामीमा राखिने भएको हो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!