दक्षिण एसियाली मुलुक श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन्। देश आर्थिक संकटको चरमतामा फसेपछि सोमबार दिउँसो प्रधानमन्त्री राजापाक्षेले पदबाट राजिनामा दिएका हुन् ।
देश आर्थिक संकटमा फसेपछि पछिल्ला दिनहरुमा प्रधानमन्त्री महिन्दा राजापाक्षे सहित राष्ट्रपतिको समेत राजिनामाको माग गर्दै श्रीलंकामा दैनिकजसो प्रदर्शनहरू भइरहेका छन्। जन विरोधका कारण आज प्रधानमन्त्रीले राजिनामा दिएका हुन् ।
राजापाक्षेले राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका हुन् । राष्ट्रपति गोटवाया प्रधानमन्त्री महिन्दाका भाइ समेत हुन् । प्रधानमन्त्री महिन्दाले दिएको राजीनामा राष्ट्रपति गोटवायाले अहिले सम्म स्वीकृत भने गरिसकेका छैनन्। एजेन्सी
प्रतिक्रिया