US Khabar
  • मौलिक संस्कृतिको बृहत प्रस्तुती: टेक्ससको ‘नेपाल हेरिटेज नाइट’ भव्य रुपमा सम्पन्न

    - Admin | २ हप्ता पहिले प्रकाशित

    मौलिक संस्कृतिको बृहत प्रस्तुती: टेक्ससको ‘नेपाल हेरिटेज नाइट’ भव्य रुपमा सम्पन्न

    किशन रेग्मी, 

    अमेरिकाको टेक्सासमा आयोजित ‘नेपाल हेरिटेज नाइट’ भव्य रुपमा सम्पन्न भएको छ । नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सको आयोजनमा मे ७ तारिक शनिवार साँझ आयोजित ‘नेपाल हेरिटेज नाइट’ मौलिक साँस्कृतिक माहौलमा विविध प्रस्तुती सहित सालिन र भव्य रुपमा सम्पन्न भएको हो ।

    नेपाली हेरिटेज म्युजियमको स्थापनाको पहिलो कदम अनुरुप खुल्ला आँखाले सपना हेर्ने दिन अथार्त ’नेपाल हेरिटेज नाइट’ टेक्सासको डालसमा सम्पन्न भएको हो । नेपालको मौलिकता समेटिएका विविध प्रस्तुती सहितको यस कार्यक्रम र साँझ ६ बजेबाट सुरु भएको थियो ।

    अत्यन्त पृथक शैलिमा आयोजित नेपाल हेरिटेज नाइटमा सहभागी सम्पूर्ण अथितीहरु ( महिला, पुरुष र बालबालिका)ले नेपाली राष्ट्रिय पोशाक तथा आफ्नो जातिय, क्षत्रि य वा सांस्कृतिक पोशाक अनिवार्यरुपमा सजिनु पर्ने अनिवार्यता अनुरुप उपस्थित सबै विभिन्न संस्कृति संवद्ध पहिरनमा देखिएका थिए ।

    नेपाली पोशाक नभएकाहरुले समेत सो रातका लागि मात्र पोशाक खरिद गर्न सकिने व्यवस्था रहेको कार्यक्रममा अमेरिकामा रहेका नेपाली बालबालिका तथा अविभावक विषेश उत्साहित देखिन्थे । पहिलो पटक यस प्रकारको पोशाक लगाएका बालबालिकाहरुले आफुहरुले नयाँ अनुभव गरिरहेको भन्दै खुसी व्यक्त गरेका थिए ।

    १० बर्ष माथिका बालबालिकाहरु निशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा सम्पूर्ण अभिभावकहरुलाई आ–आफ्ना सन्तानहरु कार्यक्रममा ल्याएर आउन अनुरोध गरिनुका साथै १० बर्ष मुनिका बालबालिकाहरुका लागी ’बेबी सिटिंग’को ब्यबस्था गरिएकाले पनि यस कार्यक्रम टेक्सास तथा डालसबासी नेपालीको लागि चासोको बिषय बनेको थियो ।

    पूर्ण नेपाली ’स्न्याक्स’ र डिनरको ब्यबस्था गरिएको कार्यक्रममा उपस्थितहरुले रजिस्ट्रेसनका क्रममा आफुलाई मन पर्ने च्याख्ला थाली, ढीडो थाली वा हिमाली थाली, मोई, ढेकुवा, पान लगायतका हिमाल, पहाड र तराईका बिशेष परिकारहरूको माग गरेका थिए ।

    बहुचर्चित वाद्य वादक श्याम नेपाली र नबिन श्रेष्ठद्वारा सारंगी र तबलाको बिशेष प्रस्तुति रहेको कार्यक्रममा नेपाली साँस्कृतिक र कालजयी गीतहरुमा रोमान्चक नृत्य शृंखला प्रस्तुत गरिएको थियो ।

    नेपालबाट ल्याइएका २० वटा बिशेष नेपाली हेरिटेज आर्टहरू प्रदर्शनीमा राखिएको यस कार्यक्रममा ति आर्टहरु खरिद गर्न चाहनेका लागि बिक्री बितिरणको समेत उपलब्धता रहेको थियो ।

    अमेरिका तथा टेक्सस क्षेत्रका नयाँ नेपाली पुस्तालाई विषेश छाप छोड्न सफल यस कार्यक्रममा उपस्थितीका लागि आयोजक कमिटीले अनलाईन लिंक पनि सार्वजनिक गरिएको थियो । जसका आधारमा कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन आयोजक कमिटी सुरुकै दिनबाट लागि परेको थियो । त्यसैले पनि यो कार्यक्रम बृहत सहभागिताका साथ भव्य र सभ्य रुपमा सम्पन्न गर्न आयोजक टिम सफल भएको थियो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!