US Khabar
  • श्रीलंकाको प्रदर्शन हिंसात्मक बन्दै: गोली प्रहारबाट ५ जनाको मृत्यु १५० घाईते

    - us khabar | २ हप्ता पहिले प्रकाशित

    श्रीलंकाको प्रदर्शन हिंसात्मक बन्दै: गोली प्रहारबाट ५ जनाको मृत्यु १५० घाईते

    श्रीलंकामा सरकार समर्थक र विरोधिबीच भएको हिंसात्मक झडपमा एक सांसद सहित ५ जनाको मृत्यु हुनुका साथै कम्तीमा १५० जना घाइते भएका छन्।

    चरम जन विरोध पछि प्रधानमन्त्री महिन्दा राजपक्षले सोमबार राजिनामा समेत दिएको श्रीलंकामा सत्तारूढ दलका सांसद अमरकीर्थी अथुकोरालाले एउटा कारलाई रोक्ने क्रममा गोली चलाउँदा २ जना र प्रहरी, सरकार समर्थक र विरोधीबीच भइरहेको लगातारको झडपमा परी थप ३ जना गरी ५ जनाको ज्यान गएको हो ।

    गोली प्रहार र प्रदर्शनका क्रममा कयौं गम्भिर घाईते समेत भएको यस घटनाका क्रम अझै नियन्त्रण बाहिर रहेको छ ।
    प्रधानमन्त्रीको राजीनामा पछि पनि श्रीलंकामा प्रदर्शन रोकिएको छैन। आगजनी र तोडफोडमा उत्रिएका सर्वसाधारणले प्रधानमन्त्री राजपाक्षेको पुर्खौली घरमा आगो लगाइदिएका छन्।

    सोमबार प्रधानमन्त्री राजपक्षले राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजीनामा पत्र बुझाउँदै नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन्।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!