अल जजिरा टिभीकी पत्रकार शिरिन अबु अकलेहको गोली हानि हत्या गरिएको छ । समाचार सङ्कलनको क्रममा रहेकी पत्रकार शिरिनको
इजरायली सैनिकले गोली हानी हत्या गरेको हो ।
पछिल्लो समय वेस्ट ब्याङ्कमा रहेको शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणबारे समाचार सङ्कलन रहेकी उनको प्रेसको पहिचान खुल्ने ज्याकेट लगाएर रिपोर्टिङ गरिरहेको अवस्थामा पत्रकार गोली प्रहार गरी हत्या गरिएको हो ।
इजरायली सेनाले बेस्ट ब्याङ्क क्षेत्रमा अत्यधिक बल प्रयोग गरेपछि समाचार संकलनका लागि शिरिन सो क्षेत्रमा खटिएकी जुजारु पत्रकार थिईन् । शिरिनासंगै रहेका प्यालेस्टाइनी पत्रकार अली अल समौदी गोली प्रहारबाट घाईते भएका छन् ।
अल जजिरा टेलिभिजनले विज्ञप्ति जारी गर्दै यस घटनाको घोर निन्दा गरेको छ । साथै अन्तर्राष्ट्रिय समुदायलाइ यस घटनालाई गम्भिरताका साथ लिएर हत्या गरेका ईजरायली सेनाको कारवाहीका लागि साथ दिन अनुरोध गरेको छ ।
प्रतिक्रिया