US Khabar

जनसम्पर्क समिति अमेरिकाद्वारा १५ वटा संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण ! 

- Admin | ३ वर्ष पहिले प्रकाशित

जनसम्पर्क समिति अमेरिकाद्वारा १५ वटा संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण ! 

न्यूयोर्कस्( जुन ४,नेपाली जनसम्पर्क समिति अमेरिकाको श्रोत परिचालन समिति न्यूयोर्कको टाक्सफोर्सले  न्युयोर्कमा कोरोना महामारीबाटनेपाली समुदायलाई जोगाउन सकृय विभिन्न १५ वटा संघ संस्थालाई स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको छ ।

कोरोना भाइरसले अक्रान्त बनाएको न्यूयोर्कमा, जतिवेला  महामरीबाट बच्नको लागि नेपाली समुदायलाई माक्स, सेनिटाइजर, ग्लोप्स, थर्ममिटर, टायनल जस्ता अत्यावश्यक स्वास्थ्य सामग्रीहरू पाउन गाह्रो भइरहेको थियो। कोरोना पीडित नेपालीले अत्यावश्यक स्वास्थ्य सामग्रीहरू नपाएरन्यूयोर्कमा छटपट्टिरहेका थिए । त्यहीवेला देखि नेपाली जनसम्पर्क समिति अमेरिकाको न्यूयोर्क टाक्स फोर्सले कोभिड९१९ को संक्रमणलाईनेपाली समुदायमा फैलिन नदिन, विभिन्न संघसंस्था मार्फत तथा व्यक्तिगत तवरले समेत समुदायका संक्रमित सदस्यहरूले पाउने गरी स्वास्थ्यसामग्रीहरू उपलब्ध  गराउन सुरू गरेको कुरा महासचिव एवं कोरोना संक्रमित समुदायका लागि सरकारी सहयोग तथा श्रोत परिचालन समितिअमेरिकाका संयोजक मुनिन्द्र नेम्बाङले  बताएका छन् ।

पुरै अमेरिका लकडाउनले बन्द भएको समयमा, अमेरिकि सरकारले दिएको निर्देशनलाई पालना गर्दै, कानुनी परिधि भित्र रहेर टाक्स फोर्सलेसामाजिक दुरीलाई कायम राखी, बडो मुस्किलले स्वास्थ्य  सामग्रीहरू नेपाली समुदायसम्म वितरण गरेको बताउदै, नेपाली जनसम्पर्क समितिअमेरिकाको महासचिव मुनिन्द्र नेम्बाङले कोभिड९१९ को महामारीमा अमेरिका भरीका शुभेच्छुक सहयोगी दाताहरूबाट प्राप्त स्वास्थ्य सामग्रीहरू, नेपाली समुदाय सम्म पुर्याउन न्यूयोर्क टाक्स फोर्स र जनसम्पर्क समितिका साथिहरूको साथ र सहयोगमा मात्र सम्भव भएको कुरा बताएका छन्। गत अप्रिलको दोस्रो हप्ताबाट सुरूगरेको स्वास्थ्य सामग्री वितरण कार्यक्रम मे महिनाको ३१ तारीख २०२० मा पहिलो चरणको अभियान सम्पन्नभएको बताउदै महासचिव नेम्बाङले, न्यूयोर्क लगायत अन्य च्याप्टरका टाक्स फोर्सहरूले सचालन गरेको आवश्यक स्वास्थ्य सामग्री वितरणअभियनलाई सहयोग पुर्याउने सम्पूर्ण अग्रजहरू, कार्यसमितिका साथिहरु, सहयोगी दात हरू, सामाजिक अभियन्ताहरू, स्वंयेम सेवक मित्रहरू, पत्रकार साथिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, नागरिक समाज र आम नेपाली समुदायलाई आभार प्रकट गर्दै, धेरै धन्यवादसमेत व्यक्त गरेको छ ।

समितिले अहिले सम्म १५ वटा  संस्था मार्फत र १२० परिवारलाई व्यक्तिगत तवरले गरेर जम्मा ९८,७०० थान सर्जिकल माक्स, १६६४ थान  हेण्डसेनिटाइजर , १७,१०० थान हेण्ड ग्लोप्स, १०० थान थर्ममिटर र २५० थान प्ल् ९५ माक्स स्वास्थ्य सामग्री नेपाली समुदायलाई वितरण गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!