US Khabar
  • साहित्यकार झमक घिमिरेले गरिन् धनकुटा केन्द्रबाट मतदान

    - us khabar | १ हप्ता पहिले प्रकाशित

    साहित्यकार झमक घिमिरेले गरिन् धनकुटा केन्द्रबाट मतदान

    आज जारी स्थानिय निर्वाचनमा प्रसिद्ध साहित्यकार झमक घिमिरेले पनि मतदान गरेकी छन् । साहित्यकार घिमिरेले धनकुटा–६ सामुदायिक वहुउेश्यीय सामुदायिक (क) मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

    मदन पुरस्कार विजेता साहित्यकार घिमिरेले शारिरिक रुपमा असक्त भएकाले परिवारका सदस्यसँग मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् । घिमिरेले यस अघिको स्थानिय निर्वाचनमा पनि आमा आसा कुमारी घिमिरे र झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईको सहयोगमा मतदान गरेकी थिईन् ।

    संकल्प, आफ्नै चिता अग्नि शिखातिर, मान्छे भित्रका योद्धाहरू, झमक घिमिरेका कविताहरू, क्वाँटी, अवसान पछिको आगमन लगायतका कृतिकी लेखिका घिमिरेले चर्चित आत्मकथा ‘जीवन काँडा की फूल’ कृतिबाट मदन पुरस्कार प्राप्त गर्न सफल भएकी थिईन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!