US Khabar
  • मतपेटिका खोस्ने क्रममा गोली लागि विप्लव समुहका उमेद्वारका १९ बर्षिय भतिजको मृत्यु

    - us khabar | १ हप्ता पहिले प्रकाशित

    मतपेटिका खोस्ने क्रममा गोली लागि विप्लव समुहका उमेद्वारका १९ बर्षिय भतिजको मृत्यु

    निर्वाचनको दिन आज उदयपुरको कटारीमा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा प्रहरीले चलाएको गोली लागेर १९ बर्षिय नविन कटुवालको मृत्यु भएको हो ।

    नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट स्वतन्त्र उमेदवार बनेका गौर बहादुर कटुवालका भतिज नविन विप्लव कार्यकर्ता हुन् ।

    विप्लवका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलका अनुसार काँग्रेस कार्यकर्ताले धाँधली गरी फर्जी मत खसाल्न लाग्दा रोक्ने क्रममा विवाद सृजना भएपछि प्रहरीले गोली चलाउँदा नविनको घटनास्थलमा नै मृत्यु भएको बताईएको छ भने प्रजिअले भने घटना मतदान सकिएपछि

    दलका प्रतिनिधिले मुचुल्कामा हस्ताक्षरका क्रममा शिलबन्दीका समय भएको बताएका छन् ।

    शिलबन्दी गर्ने क्रममा ५०\६० जनाको समूहले मतपेटिका लुट्ने प्रयास गरेपछि प्रहरीले एसएलआरबाट ४ राउण्ड र थ्रिनटथ्री राईफलबाट ४ राउण्ड गरी जम्मा ८ राउण्ड गोली फायर गरेको गरेको र सोही गोली लागेर नविनको मृत्यु भएको जनाईएको यस घटना निन्दनिय भएको भन्दै विप्लव समुहले दोसी उपर कारवाहीको माग गरेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!