US Khabar
  • संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिको निधन

    - us khabar | १ हप्ता पहिले प्रकाशित

    संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिको निधन

    संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिको निधन भएको छ । राष्ट्रपति शेख खलिफा बिन जायद अल–नाह्यानको ७३ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

    विगत लामो समयदेखि बिरामी रहेका राष्ट्रपति अल–नाह्यानको निधन प्रति संयुक्त अरब इमिरेट्सको राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गर्नुका साथै संघीय र स्थानीय तहका मन्त्रालय र सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द गर्ने घोषणा गरेको छ ।

    सन् १९४८ मा जन्मेका राष्ट्रपति अल–नाह्यान सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बनेका थिए ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!