मनाङमा आज सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम भोली बिहान सम्म आउने बतार्ईएको छ । साँझ ८ बजेबाट सुरु भएको मतगणना रातभरमा सकिएर भोली बिहान सम्ममा परिणाम आउने बताईएको हो ।
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्य अनुसार मनाङका चार पालिका ङिस्याङ गाउँपालिकाको होम्बे, नार्पाभूमि गाउँपालिकाको च्याखु, चामे गाउँपालिकाको दामे र नासों माटो गाउँपालिकाको धारापानीमा भएका मतदानको परिणाम भोली सम्म आई सक्ने छ ।
निर्वाचन आयोगको मतदाता अन्तिम नामावली अनुसार यहाँ कूल ६ हजार ४९६ मतदाता रहेको मनाङमा यस पटकको निर्वाचनमा ६२.६० प्रतिशत मत खसेको छ ।
प्रतिक्रिया