सम्पन्न स्थिानिय निर्वाचन अन्तरगत काठमाडौँ महानगरपालिकाको प्रारम्भिक मत गणना अनुसार बालेन शाह अगाडी देखिएका छन् । अपराह्न १२ बजेसम्मको पहिलो चरणको मत गणना अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता देखिएको हो ।
अपराह्न १२ बजेसम्म गरिएको मत गणना अनुसार साहले २२ मत प्राप्त गरका छन् भने नेपाली कांग्रेसी सिर्जना सिंहले १८ र नेकपा एमालेका केशव स्थापितले १३ मत प्राप्त गरेका छन् ।
वडा नं १ र ३२ बाट गणना सुरु गरिएको महानगरपालिकाको मत परिणाम सबैको चासोको बिषय बनेको छ । बिषेश गरी युवा उमेद्वार शाहको मत बिषय चर्चामा रहेको छ । सामाजिक संजालमा यि ३ उमेद्वारको मतसंख्या हिजोबाट नै आ आफ्नै शैलीमा पोष्ट भएपनि आज केही बेर अघि मात्र मतगणना सुरु गरिएको हो ।
प्रतिक्रिया