नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो।
शनिबार राति १२ बजेदेखि लागु हुनेगरी बृद्धी भएको पेट्रोलियम पदार्थको मुल्य वृद्धिपछि पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको भएपनि निर्वाचन पूर्ण रुपमा सम्पन्न नहुँदै एकै पटक १० रुपैयांले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढेपछि जनता यस निर्वाचन पछि खाद्य पदार्थको पनि मुल्य बृद्धी हुन सक्ने भन्दै विरोध जनाईरहेका छन् ।
प्रतिक्रिया