US Khabar

२२ मे मा सपुत लाईभ ईन डलास

- सुरज भण्डारी | १ महिना पहिले प्रकाशित

२२ मे मा सपुत लाईभ ईन डलास

टेक्सस ।
पछिल्लो समयका चर्चित गायक प्रकाश सपुतले टेक्ससको अर्भिङमा प्रस्तुती दिने भएका छन् ।
गलबन्दी च्यातियो तिमिले तानेर, बोल माया, तिम्रो मोयाले मलाई पिर दियो, कुरा बुझ्न पर्छ,यो देश मेरो पनि हैन र,केटाहरु नबन सोझो जस्ता लोकप्रिय गित नेपाली सांगितिक जगतमा पस्किएका सपुतलाई आहा प्रोडक्सनले अन्य संस्थाहरु युभा फिल्मस् र सिट्वान्टी डिजिटलसँग मिलेर अर्भिङमा ल्याउन लागेको हो ।

हाल सांगितिक भ्रमणका लागि अमेरिकामा रहेका सपुतले मे २२ मा अर्भिङमा प्रस्तुती दिने भएका छन् । प्रकाश सपुत लाईभ ईन डलास सांगितिक कार्यक्रम यहाँको ह्यागं आउट स्पोर्टस् क्लबमा हुने आयोजक संस्थाका उज्ज्वल सिंहले जानकारी दिए ।

कार्यक्रममा प्रवेशका लागि ३० डलर टिकटदर कायम गरिएको छ । यसअघि पनि आहा प्रोडक्सनले १९७४ एडी कन्र्सट,मुक्ति एन रिभाईभल,सुगर पोखरेल कन्र्सट, नरेन लिम्बु कन्र्सट, कोवबेव कन्र्सट,फस्ट नेपाली आईडल कन्र्सट, नायिका प्रियंका कार्कीको साथमा फेसन शो, नेपाली चलचित्रहरु रेशम फिरिरी, सफर, पुरानो डुंगा, गाजलु, होस्टेलको प्रर्दशनी डलासमा देखाइसकेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

error: Content is protected !!