US Khabar

अमेरिकाले कोरोना विरुद्धका २० लाख भ्याक्सिन तयार पारेको राष्ट्रपति ट्रम्पको दावी

- Admin | ३ वर्ष पहिले प्रकाशित

अमेरिकाले कोरोना विरुद्धका २० लाख भ्याक्सिन तयार पारेको राष्ट्रपति ट्रम्पको दावी

अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्धका २० लाख भ्याक्सिन तयार पारेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले कोरोना संक्रमणबाट बच्नका लागि अमेरिकाले २० लाख खोप प्रयोगका लागि तयार गरेको दावि गरेका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यस खोप परीक्षणका लागि बृहत जनस्तरमा वैज्ञानिकको अनुमति कुरिरहेको बताउँदै यसको प्रयोग सुरक्षित हुने पुष्टि गर्न वैज्ञानिक निर्णयको प्रतीक्षा मात्र बाँकी रहेको जानकारी दिएका हुन् ।

उक्त खोप कुन कम्पनीबाट निर्मित भएको हो र कहिलेबाट यसको प्रयोग शुरु गरिने छ भन्ने नवताएका ट्रम्पसंगै उपस्थित वरिष्ठ अमरीकी सरुवा रोग विशेषज्ञ डा. एन्थनी फाउचीले राष्ट्रपतिले बोलेको विषयमा आफूलाई कुनै पनि जानकारी नभएको बताएका छन् । जवकी डा. फाउची केही दिन अघि एक मेडिकल सेमिनारमा बोल्दै आउने सालसम्ममा अमेरिकाबाट कोरोना विरुद्धका लाखौं खोप तयार हुनसक्ने बताएका थिए ।

यद्यपी न्यूयोर्क टाइम्सका अनुसार अमरीकी प्रशासनले माडेर्ना, नोवावैक्स र फाइजरलगायतका औषधि कम्पनीहरु वैज्ञानिकको अनुमति पूर्व नै औषधि बनाउने होडमा लागेको बताएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!