सम्पन्न स्थानिय निर्वाचन अन्तरगत काठमाडौं महानगरपालिकामा केशव स्थापितको मत यस पटक सुरुवाती चरणबाट नै दोब्बर संख्यामा पछि रहँदै आएको छ । पहिलो स्थानमा रहेका स्वतन्त्र उमेद्वार बालेन शाहको मत पछिल्लो गणना अनुसार २६ हजार माथी रहेको छ भने सिर्जना सिंह सुरुवातबाट नै अझै तेस्रो स्थानमा रहेकी छन् ।
सभागृहमा जारी मतगणनामा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहसँग पछाडि परेका एमालेका केशव स्थापितले काठमाडौं– २७ को मतगणना सुरु भएलगत्तै मतान्तर घटि देखिएको हो । थालेका छन् ।
पछिल्लो अपडेट अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले २६६०१, एमालेका केशव स्थापितले १४३८६ र कांग्रेसकी सिर्जना सिंहले १३४०८ मत पाएकी छन् ।
उपमेयरमा भने एमालेकी सुनिता डंगोल निकै अगाडि छन् । उनले २६५७५ मत पाउँदा गठबन्धनका उम्मेदवार नेकपा एसका रामेश्वर श्रेष्ठले ८५९१ मात्रै मत पाएका छन् ।
प्रतिक्रिया