US Khabar

निर्वाचनको संघारमा राप्रपा प्रवेश गरेका भट्टराई धरान १४ को अध्यक्षमा निर्वाचित

- us khabar | १ महिना पहिले प्रकाशित

निर्वाचनको संघारमा राप्रपा प्रवेश गरेका भट्टराई धरान १४ को अध्यक्षमा निर्वाचित

धरान उपमहानगरपालिका १४ नम्बर वडाको अध्यक्षमा राप्रपा उमेद्वार कृष्ण भट्टराई निर्वाचित भएका छन् । कांग्रेसले टिकट नदिएपछि निर्वाचनको संघारमा आएर राप्रपा प्रवेश गरेका भट्टराई ९ सय ५ मत सहित धरान १४ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

भट्टराईसंग प्रतिद्वन्दीका रुपमा रहेका एमालेका उत्तम आलेले ६ सय ५४ मत प्राप्त गरेका छन् ।

वैशाख १२ गते कांग्रेसले टिकट नदिएपछि राप्रपा प्रवेश गरेका उनको यो विजयीले धरान १४ का लागि मात्र नभई उनि स्वयंका लागि पनि प्रभावशाली जीतका रुपमा हेरिएको छ । उमेद्वारीको अन्तिम समय सम्म कांग्रेसको टिकट कुरेका उनले ढिला गरी राप्रपा प्रवेश गरेपनि आफुलाई मत परिणामका आधारमा आफुलाई बलियो उमेद्वारका रुपमा उभ्याउन सफल भएका छन ।

सदस्यहरुमा कांग्रेसबाट राम तामाङ, कमल भट्टराई, एमालेबाट झरना सुनुवार र दुर्गा विक निर्वाचित भएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

error: Content is protected !!