US Khabar

अमेरिकी रंगभेदी आन्दोलन: क्यानडाका प्रधानमन्त्री जस्टिनको कालो माक्स सहितको सहभागिता

- Admin | २ वर्ष पहिले प्रकाशित

अमेरिकी रंगभेदी आन्दोलन: क्यानडाका प्रधानमन्त्री जस्टिनको कालो माक्स सहितको सहभागिता

अमेरिका केही दिन यता चर्किरहेको रंगभेदी आन्दोलनमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले ऐक्यवद्धता जनाएका छन् । कालो माक्स लगाएका प्रधानमन्त्री ट्रूडो ओट्टावामा भएको प्रदर्शनमा सहभागि भएर यस रंगभेदी आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

नो जस्टिस, नो पिस’ प्रदर्शनमा सहभागी भएका उनले  घुँडा टेकेर यस आन्दोलनको समर्थन सहितको ऐक्यवद्धता जनाएका थिए । ट्रम्पसँग कतिपय मुद्दामा विमती जनाउँदै आएका ट्रूडोले जर्ज फ्लोइड हत्या पछिको रंगभेदी आन्दोलनमा ऐक्यवद्धता जनाएसंगै उनको यो कदमको समर्थन र आलोचना दुवै भएको छ ।

गत मे २५ मा अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु पछिको आन्दोलनले न्युयोर्क, वासिंटन, म्यानहट्टन, सिएटल, लगायतका सहरमा प्रदर्शनले उग्र रुप लिदैं गएको छ । काला जातिका ४६ वर्षीय जर्ज प्रहरी हिरासतमा थिए । हिरासतमै रहेका बेला ३ जना गोरा जातीका प्रहरीले उनको घाँटी थिचेर हत्या गरेको समाचार बाहिरिए संगै यस घटनालाई रंगभेदको मुद्दा बनाएर हजारौंको संख्यामा प्रदर्शन हुँदै आएको छ ।

जर्ज चिच्याइरहँदा पनि उनको घाँटी थिचिरहेको भिडिओ बाहिरिएको छ जुन यतिबेला सामाजिक सञ्जालमा भाईरल भएको छ जसमा जर्जले ‘मलाई स्वास फेर्न गाह्रो भयो’ भनेर जीवन रक्षाको लागि अनुनय गरेका छन् । प्रदर्शनकारीले उनको यहि वाक्यलाई नारा बनाएर आन्दोलन सुरु गरेका हुन् ।

विभिन्न स्थानमा प्रहरीका भ्यानमाथि आगजनी गर्नुका साथै आक्रमण भएको यस प्रदर्शनमा प्रहरीले पनि प्रदर्शनकारीको भीडलाई मिचेरै गाडी कुदाएपछि झन् हिंसात्मक वातावरण सृजना भएको छ । प्रदर्शन नियन्त्रणका लागि प्रहरीको गाडीले प्रदर्शनकारी माथी नै गाडी चलाउँनुका साथै कुपपिट गर्दा प्रदर्शनकारीहरु घाईते भएका छन् भने अमेरिकाभर कम्तीमा चार हजार भन्दा पढि व्यक्ति पक्राउ परिसकेका छन् ।

जर्ज फ्लोयडको घाँटीमा घुँडा धसेका निलम्बित प्रहरी अधिकारीलाई तेस्रो डिग्री हत्या र दोस्रो डिग्री नरसंहारको मुद्दा लगाइएको छ । प्रहरी अधिकारी डेरेक चाउभिनलाई जुन ८ मा अदालतमा उपस्थित गराइने भएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!