US Khabar

काठमाडौंका ३२ मध्ये ८ वडाको मतगणना सम्पन्न: बालेन १३,५७० मतान्तरले अगाडी

- us khabar | १ महिना पहिले प्रकाशित

काठमाडौंका ३२ मध्ये ८ वडाको मतगणना सम्पन्न: बालेन १३,५७० मतान्तरले अगाडी

सम्पन्न स्थानिय निर्वाचतको मत गणना अन्तरगत काठमाडौंका ३२ वडामध्ये ८ वडाको मतगणना सम्पन्न भएको छ । सम्पन्न वडाहरुमध्य १, २, ३, ४, ५, २८, ३०, र ३२ वडाको मत गणना सकिएको हो ।

सम्पन्न मत गणना अनुसार माथिका सबै वडामा स्वतन्त्र उमेद्वार बालेन शाह झण्डै दोब्बर मतान्तरका साथ एमाले उमेद्वार केशव स्थापितलाई १३ हजार ५ सय ७० मतले पछि पार्दै अगाडी बढेका छन् ।

सार्वजनिक मत परिणाम अनुसार बालेनले अहिले सम्म २८ हजार ८ सय ८२ मत प्राप्त गरेका छन् । मत गणनाको प्रारम्भिक चरणबाट नै यहि परिणाममा मत प्राप्त गर्दै आएका उनिसंग प्रतिस्पर्धामा रहेका एमालेका उम्मेदवार केशव स्थापितले हालसम्म १५ हजार ३ सय १३ मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले १४ हजार ७ सय ९८ मत सहित तेस्रो स्थानमा रहेकी छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

error: Content is protected !!