US Khabar

६ सय ४८ पालिकाको मत गणना सम्पन्न: कांग्रेस सबैभन्दा अगाडी

- us khabar | १ महिना पहिले प्रकाशित

६ सय ४८ पालिकाको मत गणना सम्पन्न:  कांग्रेस सबैभन्दा अगाडी

सम्पन्न स्थानीय तह निर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार अहिले सम्म ६ सय ४८ पालिकाको मत गणना सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार आज दिउसो २ः०० बजे सम्ममा प्राप्त मतपरिणाम अनुसार अहिले सम्म ६ सय ४८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो, जसमध्य नेपाली काँग्रेसले २ सय ९१, नेकपा एमालेले १ सय ७९, नेकपा माओवादी केन्द्रले १ सय १२ स्थानमा विजय हासिल गरेको छ ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) ले १४, जनता समाजवादी पार्टी (जसपा) ले २० र अन्यले ३२ स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएका छन् ।

सम्पन्न मत परिणाम अनुसार उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ६४, नेकपा एमालेले २ सय १, नेकपा (माओवादी केन्द्र) ले १ सय २०, जनता समाजवादी पार्टी (जसपा) ले १४ र अन्यले ४९ स्थानमा विजयी हासिल गरेको आयोगले जनाएको छ ।

निर्वाचत आयोगका अनुसार वडा अध्यक्ष तर्फको निर्वाचनमा पदमा नेपाली काँग्रेस २ हजार ४ सय १६, नेकपा एमाले १ हजार ९ सय २९, नेकपा (माओवादी केन्द्र) ९ सय ९२, जनता समाजवादी पार्टी २ सय ४४ र अन्यले ५ सय २८ गरी ६ हजार १ सय ९ वटा वडामा वडा अध्यक्ष निर्वाचित भएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

error: Content is protected !!