US Khabar

८ वर्ष पुरानो यौन हिंसाको घटना शीघ्र अनुसन्धान गर्न सरकारलाई सभामुखको निर्देशन

- us khabar | १ महिना पहिले प्रकाशित

८ वर्ष पुरानो यौन हिंसाको घटना शीघ्र अनुसन्धान गर्न सरकारलाई सभामुखको निर्देशन

प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले किशोरी ‘बलात्कार’ प्रकरणमा शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् ।

सामाजिक सञ्जालमा यौन हिंसा भएको भन्दै पिडितले भिडियो सार्वजनिक गरेकि थिईन् । उक्त भाईरल भएको युवतिको भिडियोको आधारमा आजको प्रतिनिधि सभा बैठकमा कांग्रेस महामन्त्री सांसद गगन थापाले हालै ८ वर्ष पुरानो यौनहिंसाको घटना सार्वजनिक भएको भन्दै तत्काल अनुसन्धान गर्न माग गरेका थिए । थापाको धारणामा ध्यानाकर्षण भएको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।

‘माननीयन्यूले राख्नुभएको यौन हिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन गर्दछु्’, सभामुख सापकोटाले भने ।

८ वर्ष अघि एक सौन्दर्य प्रतियोगिताका आयोजकले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले टिकटक मार्फत् भिडिओ सार्वजनिक गरेपछि दोषीलाई कारबाही गराउन चौतर्फी दबाब बढिरहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

error: Content is protected !!