US Khabar

धुलिखेल नगरपालिकाको मेयरमा पनि पुरानै मेयर एमालेका अशोक व्यञ्जु विजयी

- us khabar | १ महिना पहिले प्रकाशित

धुलिखेल नगरपालिकाको मेयरमा पनि पुरानै मेयर एमालेका अशोक व्यञ्जु विजयी

यस पटकको स्थानिय तह निर्वाचनमा गाउँ तथा नगर पालिका प्रमुख, वडा प्रमुख लगायतका शिर्ष पदमा पुरानै मेयर दोहोरिएका छन् । यसको उदाहरणमा, भक्तपुरका झण्डै १० गुणको मतान्तरले पुन विजयी भएका मेयर सुनिल प्रजापती, र उप मेयर रजनी जोशी, काठमाडौं २८ का वडा अध्यक्ष भाईराम खड्की, लगायक रहेका छन् भने ललितपुरका मेयर रिरिबाबु महर्जनको दोहोरिने बहिलो संभावना छ , किनकी ललिपुरबासी धेरै जनताले ललिपुरको विकासमा योगदान पुर्याएकोले थप ५ बर्षका लागि समर्थनका छन् । यसले राम्रो काम गर्नेलाई जनताको मत, साथ र समर्थन स्वत स्फुर्त जन्मन्छ भन्ने पनि प्रमाणित गरेको छ भने देशका विभिन्न जिल्लामा नगर र गाउँ पािलका प्रमुख उपप्रमुख, साथै वडा प्रमुख र उपप्रमुख दोहोरिने क्रम सोचेको अनुपातमा धेरै देखिएको समचार प्राप्त भै रहेको छ ।

यसैविच धुलिखेल नगरपालिकाको मेयरमा पुन नेकपा एमालेका अशोक ब्याञ्जु विजयी भएका छन् । यस अघि पनि मेयर रहेका ब्याञ्जु ८ हजार ३ सय ४९ मत सहित पुन नगरपालिका प्रमुखमा निर्वाचित भएका हुन् ।

व्याञ्जुसंग निकतमक प्रतिद्वान्दीका रुपमा रहेका स्वतन्त्र उम्मेदवार विदुर बस्नेतलाई ९ सय ४० मतले पराजित गर्दै ब्याञ्जु धुलिखेल नगरपालिकाको मेयरमा यस पटक पनि निर्वाचित भएका हुन् । प्रतिस्पर्धी बस्नेतले ७ हजार ४ सय ९ मत प्राप्त गरेका छन् ।

उपमेयरको दावेदारीमा नेपाली काङ्ग्रेसका नीराजन जङ्गम विजयी भएको यस नगरपालिकामा नेकपा एमालेकी लालतारा अधिकारी र जंगमविच प्रतिस्पर्धा भएको थियो । अधिकारीलाई १ सय २० मतले पराजित गर्दै जङ्गम निर्वाचित भएका हुन् ।

जङ्गमले ७ हजार ९ सय १० र अधिकारीले ७ हजार ७ सय ९० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

error: Content is protected !!