काठमाडौंको नागार्जुन नगरपालिकाको मेयरमा पनि नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत दोहोरिएका छन् । नि–वर्तमान मेयर समेत रहेका बस्नेत १० हजार १ सय ८६ मत सहित काठमाडौंको नागार्जुन नगरपालिकाको मेयरमा फेरी पनि निर्वाचित भएका हुन् ।
बस्नेतसंग प्रतिस्पर्धामा रहेका नन्दन हरि गौतमले ८ हजार ३ सय ६८ मत मात्र प्राप्त गरेपछि गौतमलाई १ हजार ८ सय मतान्तरले पछि पार्दै कांग्रेसका बस्नेत यस निर्वाचिनमा पनि मेयर पदमा विजयी भएका हुन् ।
त्यस्तै उपमेयरमा पनि नि–वर्तमान उपमेयरनेकपा एमालेकी सुशिला अधिकारी निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी राप्रपाकी कल्पना नेपालीलाई पछि पार्दै ९ हजार ४ सय ७४ मत सहित काठमाडौंको नागार्जुन नगरपालिका उप मेयरमा अधिकारी निर्वाचित भएकी हुन् ।
प्रतिक्रिया