US Khabar

परराष्ट्र मन्त्रालयलाई थाहा नभएको अमेरिकी उपमन्त्रीको तिब्बती शरणार्थीसंगको भेट

- us khabar | १ महिना पहिले प्रकाशित

परराष्ट्र मन्त्रालयलाई थाहा नभएको अमेरिकी उपमन्त्रीको तिब्बती शरणार्थीसंगको भेट

अमेरिकी उपमन्त्री एवं तिब्बती मामिला संयोजक उज्रा जियाले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको निरीक्षण गरेकी छन्। यतिबेला नेपाल भ्रमणमा रहेकी उपमन्त्री जियाले अमेरिकी दूताबासका डेपुटी चिफ सहितको टोलीका साथ तिब्बती शरणार्थी शिविरको निरीक्षण गरेकी हुन् ।

शनिबार मध्यान्ह जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविर पुगेकी जियाले शिशिरमा केही बेर अन्तरक्रिया पनि गरेकी थिईन् । जसमा उनले शिविरमा रहेका शरणार्थीहरुको स्वास्थ्य, शिक्षा लगायतका विषयमा जानकारी लिएकी थिईन् ।

शिविरमा रहेका तिब्बती शरणार्थीले जीयासंग शरणार्थी सन् १९९५ पछि नेपाल सरकारले तिब्वती शरणार्थीहरुलाई ‘शरणार्थी परिचय पत्र’  नदिँदाका असजिला, बञ्चित रहेका मानव अधिकारका आधारभुत कुराहरु लगायका समस्या सुनाएका थिए ।

यता ३ दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी उप मन्त्रीको शरणार्थी शिविरको भ्रमणबारे परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी अनभिज्ञता प्रकट गरेको गरेको छ ।

यस बिषयमा परराष्ट्र मन्त्रालयल प्रवक्ता सेवा लम्सालले उपमन्त्री जियाको यस भ्रमण व्यक्तीगत हुनसक्ने आषय सहित विदेश मन्त्रीको व्यक्तिगत भ्रमणबारे आफूहरुलाई जानकारी नहुने बताएकी छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

error: Content is protected !!