US Khabar

तेस्रो स्थानमा झरे स्थापित – काठमाण्डौं महानगरको मेयरमा बालेनको अग्रता कायमै 

- us khabar | १ महिना पहिले प्रकाशित

तेस्रो स्थानमा झरे स्थापित – काठमाण्डौं महानगरको मेयरमा बालेनको अग्रता कायमै 

काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो अपडेट अनुसार अहिलेसम्म दोस्रो स्थानमा रहेका केशब स्थापित तेस्रो स्थानमा झरेका छन् । तेस्रो स्थानमा रहेकि सिर्जना सिंह भने थोरै मतान्तर सहित दोस्रो स्थानमा उक्लिएकि छिन् । बालेनको अग्रता भने यथावत् नै रहेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार मेयर पदका उम्मेदवार बालेन साह ३४,१३० मत सहित अग्रस्थानमै रहेका छन्। आयोगको औपचारिक विवरण अनुसार यसअघि तेस्रो स्थानमा रहँदै आएकी कांग्रेस उम्मेदवार सिर्जना सिंह दोस्रोमा उक्लिएकी छिन्।

उनले १७ हजार ७०२ मत पाएकी छिन्। मतगणनाको सुरुवातदेखि नै उनी तेस्रो स्थानमा रहँदै आएकी थिइन्। बालेनसँगको मतान्तर निकै रहेको भएता पनि दोस्रो स्थानमा रहँदै आएका केशव स्थापितसँग भने उनले प्रतिस्पर्धी मत ल्याउँदै गएकी थिइन्।

काठमाडौं महानगरपालिकाका वडाहरू १, २, ३, ४, ५, ६, ८, २८, २९, ३० र ३२ को अन्तिम मतपरिणाम घोषणा भइसकेको अवस्थामा तेस्रो स्थानमा पुगेका एमालेका उम्मेदवार केशव स्थापितले भने १७ हजार ६७८ मत पाएका छन्।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">

error: Content is protected !!