US Khabar

आफ्नै दलले ल्याएको बजेटको सांसद भीम रावलद्वारा आलोचना

- Admin | ३ वर्ष पहिले प्रकाशित

आफ्नै दलले ल्याएको बजेटको सांसद भीम रावलद्वारा आलोचना

नेकपाका सांसद भीम रावलले आफ्नै दलले ल्याएको बजेटको आलोचना गरेका छन् । उनले नेकपाले आफ्नै घोषणा बिर्सेर बजेट ल्याएको टिप्पणी गरे । । संघीय संसदको प्रतिनिधिसभामा मन्त्रा लयगत विनियोजन बजेटमाथिको छलफलमामा आगामी तीन वर्षमा काठमाडौंमा विद्युतीय सवारीसाधन मात्रै उपभोग गर्ने नेकपाको घोषणापत्र स्मरण गर्दै विद्युतिय गाडीमा भन्सार बढाइएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘नेकपाको घोषणापत्रको विरुद्धमा हुने गरी विद्युतीय गाडी खरिदमा किन निरुत्साहित गरियो ?’ उनले राष्ट्रिय स्वाधिनता र राष्ट्रिय हित प्रतिकूल रहेको एमसीसी संसदबाट अनुमोदन नहुँदै बजेटमा राख्नु सरकारको गैरजिम्बेवारी भएको आरोप लगाए ।

कोरोनाकै कारण रोजगारी गुमेकालाई कृषि क्षेत्रमा लगाउने उद्देश्य बजेटमा नदेखिएको रावलले टिप्पणी गरे । उनले भने,‘ रासायनिक मलमा भन्सार बढाउने, चक्लेटमा भन्सार घटाउने समाजवाद उन्मुख नीतिको विरोधमा छ।’ उनले भारतले अतिक्रमण गरेका लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता क्षेत्रमा सडक पुर्‍याउनका लागि बजेट विनियोजन नभएकोमा पनि आपत्ति जनाए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!