बजेट र नीति तथा कार्यक्रमबारे सातै मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको छलफल

8

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग संघीय सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गरेका छन। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान भएको सतवटै मुख्यमन्त्री र प्रधानमन्त्रीबीचको भेटमा प्रधानमन्त्रीले आगामी बजेट र नीति तथा कार्यक्रमका बारेमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर छलफलको आयोजना गरिएको बताइएको छ। ‘कार्यक्रमहरू नदोहोरिउन भनेर स्थानीय, प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषदको बैठक आयोजना गर्नुपर्दछ। कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्दछ’, प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै प्रदेश १ का मूख्यमन्त्री शेरधन राईले भने। बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषदको अघिल्लो बैठकले पास गरेका २९ बुँदाको कार्यन्वयन तदारुकताका साथ गरिने जानकारी दिएका थिए। प्रधानमन्त्री ओलीले आँधी पीडित बारा र पर्साका बासिन्दालाई राहात र पुनर्स्थापनाका लागि पनि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गरेका थिए।

Comments

comments