बेलायतको संसदमा पर्यावरण कार्यकर्ताले अर्धनग्न भएर प्रदर्शन गरेका छन् । यस्तो प्रदर्शन बेलायतकाे संसदमा पहिलो पटक भएको हो । ब्रेक्जिट सम्झौतामा जलवायु परिवर्तनको मुद्दा समावेश नगरेकोप्रति यिनीहरुको असन्तुष्टि थियो ।

एक्सिन्टशन रेबेलियन गु्रपका ११ कार्यकर्ता मध्ये संसदको पब्लिक ग्यालरीमा २० मिनेट सम्म विरोध प्रदर्शन गरेका थिए ।

यी मानिस स‌ंसदकाे ग्यालरीमा रहेकाे काँचको ढोकातर्फ उभिएका थिए, यिनीहरुको पछाडी सांसदहरु थिए । छातीमा ‘सबै जीवनका लागि’ जस्ता स्लोगन लेखेका थिए ।

प्रहरीले सार्वजनिक स्थानको गरिमा भंग गरेको आरोपमा प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । बेलायतको संसद १७०७ मा बनेको थियो । लोकतन्त्रको उदय यहीँबाट भएको हो, यसकारण पनि यसलाई मदर अफ पार्लियामेन्ट भनिन्छ ।

१९७८ जुलाईमा माल्टाका पूर्वप्रधानमन्त्री डोम मिन्टाफकी छोरी यानाले स्कटिस होम रुलमा बहस गर्ने क्रममा ग्यालरीबाट सांसदमाथि घोडाको गोबर भरिएको ब्याग फालेकी थिइन् । जुन गोबर सांसदको सीटभरि फैलिएको थियो ।

फादर्स फर जस्टिसका कार्यकर्ताले तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरलाई पर्पल फ्लोर प्रहार गरेका थिए । प्रदर्शनकारीले सम्बन्धविच्छेद भइसकेपछि बुवाले बच्चासँग भेट्न पाउने कानुनलाई लचिलो बनाउन माग गरिरहेका थिए ।

 

Comments

comments